१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजारिया हल्लाका कारण उपभोक्ताहरु महंगोमा चामल किन्न बाध्य

१६ मंसिर २०७३, बिहीबार १३:५७

मंसिर १६, कालिकोट | खाध्य संस्थानबाट प्राप्त हुने चामल राम्रो हुदैन भन्दै उपभोक्ता माफ पारिएको नराम्रो हल्लाका कारण खाध्य संस्थानबाट चामल वितरणमा कमी आएको खाध्य संस्थान कालिकोटका प्रमुख अनिल कुमार श्रेष्ठले बताउनु भएको छ ।

खाध्य संस्थानमा पाईने चामलको गुणस्तरीयता थाहै नपाई बजारीया हल्लाका कारण उपभोक्ताहरु महंगोमा बजारकै चामल किन्न बाध्य रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो । खाध्य संस्थानले वितरण गर्ने चामल नेपालमै उत्पादित धान खरिद गरी त्यसको गुणस्तरीयता परिक्षण सहित आफ्नै चामल कारखानाबाट प्रशोधन गरेर नेपालका सबै संस्थानहरु मार्फत बिक्रि वितरण गरिरहेको छ तर बजारमा पौष्टिक तत्वह्रास भएको पालिसवाला पुरानो भारतको चामल बढी भित्रिएकाले पनि हाल खाध्य संस्थानबाट कमै मात्रामा चामल विक्री वितरण हुने गरेको खाध्य संस्थान प्रमुख श्रेष्ठले जनाकारी दिनु भएको छ ।

विगतका बर्षहरुमा खाध्य संस्थानबाट चामल विक्रि वितरण गर्दा कर्मचारीलाई चामल लिनेको भीड व्यवस्थापन गर्न हम्मे हम्मे हुनुका साथै चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन तथा प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भीड लाग्ने गथ्यो तर हाल दिनमा दैनिक ७÷८ क्वीन्टलमात्र चामल खपत हुने गरेको छ । नेपाल सरकारले कर्नाली क्षेत्रका बासिन्दालाई वितरण हुने चामलको मुख्य घटाउने निर्णय अनुसार चामलको भाउ घटेको बताउनु भएको छ । खाध्य संस्थानबाट उपलब्ध हुने चामलमा हाल बंगलादेशी उसिना मोटा चामल प्रति केजी ३० रुपैया, अरुवा मोटा चामल प्रतिकेजी ३७ रुपैया र जिरा मसिनो चामल प्रति केजी ६५ रुपैयामा उपलब्ध हुदै आएको श्रेष्ठले बताउनु भएको छ । हाल जिल्ला सदरमुकाम मान्ममा रहेको डिपोमा वंगलादेशी उसिना मोटा चामल २ हजार ५ सय क्वीन्टल, अरुवामोटा चामल ८ सय क्वीन्टल र जिरा मसिनो चामल ६३ क्वीन्टल रहेको खाध्य संस्थानले जानकारी दिएको छ । जिल्लामा खाध्य संस्थानले हाल ३ वटा डिपो संचालन गरी चामल विक्रि वितरण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल