मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण सम्पन्न भएको हप्तादिन नपुग्दै पुल हल्लिन थाल्यो

१९ मंसिर २०७३, आईतवार ०५:२३

मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित बनेका छन् ।  ७ वर्ष मोदीखोला माथि बनेको कुस्मा–ज्ञादी झोलुङ्गे पुलको निर्माण भएसँगै पर्वतमा अग्ला पुल बनाउने लहर नै चलेको थियो ।
    बडागाउँ देखि मुडिकुवा जोड्न झोलुङ्गे पुल सम्पन्न भएको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेको सर्वसाधरणले बताएका छन् ।
    शनिवार मुडिकुवा  पुल पारि बनभोज खान तथा पुल     वारपार गर्न गएका सर्वसाधरणहरु फुल जोखिपूर्ण रहेको बताए । पुलको निर्माण कार्य सम्पन्न भएता पनि कमजोर  बनेको सर्वसाधरण बताउँदै थिए ।
    पुलको विच भाग र मुडिकुवाको साइटमा बढि हल्लने गरेको र पिङ खेलेको अनुभव भएको सर्वसाधरणको भनाई थियो ।  मुडिकुवाका पुर्व गाविस सचिव बाल मुकुन्द घिमिरेले पुल निर्माण कार्य सम्पन्न भएता पनि कमजोर हुनुको साथै खतरा भएको बताए ।
     उनले उक्त पुल निर्माण कार्य सम्पन्न भएता पनि पुलका छेउछाउमा अझै पनि आवश्यक नट राम्रोसँग नकसिएको र साइटका लट्ठाहरु समान दुरीमा       नरहेकोले यस्तो समस्या आएको हुन सक्ने बताए । हप्ता दिनमानै पुलमा आवतजावत गर्नको लागि खतरा देखिएको सर्वसाधरणको भनाई थियो ।  शनिबार पुलमा मानिसहरुको चाप अत्याधिक रहेको थियो । सयौको संख्यामा पुल वारपार गर्नेको भीड लागेको थियो । हप्तादिन नवित्दै पुल हल्लीन थालेपछि कतिपयले पुलमा अनियमितता हुन सक्ने भन्दै छानविन गर्नुपर्ने बताएका छन् ।
    १ करोड भन्दा बढिको लागतमा बनेको  उक्त पुल तीन सय ६३ मिटर लम्बाई र एक सय ६२ मिटर उचाईमा रहेको छ ।  बडागाउँ–मुडिकुवा पुल निर्माण भएसँगै पर्वतका करिब ३५ गाविस र बाग्लुङका १ दर्जन बढि गाविसका वासिन्दाहरुलाई सहजता मिलेको छ । पुलहरुको निर्माण भएसँगै स्थानीयवासीहरुलाई सदरमुकाम आउन लाग्ने समयको बचत भएको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन समेत सहज भएको छ । यसका साथै पुलको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण पर्यटकिय चहलपहल बढ्नुका साथै कुस्माको व्यापार व्यावसायमा समेत बृद्धी भएको छ । तर पुल हल्लीन थालेपछि बने मानिसमा डर र क्रास बढ्न थालेको छ ।
अहिले हरेक दिनका साथै शुक्रबार र शनिबार विद्यालयहरुको शैक्षिक भ्रमण तथा धौलागिरीका विभिन्न क्षेत्रमा आउने पर्यटकहरु पुलमा पुग्ने गर्दा पर्यटकिय गतिविधि समेत बढ्दै गएको छ । यी पुलहरु संगै चालु आर्थिक वर्षमा पर्वतका बिभिन्न गाउलाई एकबाट अर्को गाउसम्म जोड्न आकासे पुल निर्माणको क्रम बढ्दो छ । अझै माग भई आएका बाकी पाच आकासे पुललाई जिल्ला विकासले निर्माणको प्राथमिकताको सूचिमा राखेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । नेपाल सरकार र डोलिडारको सहयोगमा बनेका यी पुलहरु नेपालमै उदाहरणीय पुलहरु हुन् । सस्पेन्सन मोडलमा बनेका यी पुलको परिक्षण पर्वतमा पहिलो पटक गरिएको भएपनि अहिले देशका अन्य ठाउँमा समेत निर्माण हुने क्रम बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु