२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यातायात बन्दको मौका छोपेर कालोवजारी

१९ मंसिर २०७३, आईतवार १२:२६

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । गत पाँच दिन देखि  जनआन्दोलन प्रभावकारी बनाउन गरिएको यतायात बन्दको मौका छोपेर केहि यातायत व्यवसायीहरुले कालोवजारी गर्ने गरेको गुनासो 

आएको छ । 

साँझ पाँच वजे देखि विहान ६ वजे सम्म खुल्ला गरिएको समयमा कतिपय  गाडीहरुले वुटवल पुगेको एक हजार सम्म भाडा असुल्ने गरिएको गुनासो आएको छ ।  त्यस्तै तम्घासबाट तल छल्दी पनाह खोला सम्म पुगेको ८ सय सम्म असुलेर  सर्वसाधरणको ढाड मस्काउने गरेको गुनासो समेत आज गुल्मी उद्योगा वाणिज्य संघमा चर्चा चलेको थियो ।

त्यस्तो कार्य रोक्न जनआन्दोलन समितिलाई ध्यानकृष्ट गराएको थियो । 

यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानकृष्ट गराउँदा प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले प्रशासनमा उजुरी नआएको बताए । उनले भने उजुरी नपरेकोले बल्ल थाह पाईयो त्यस्तो कार्य रोक्न आन्दोलनमा गरिहेको गुल्मी उद्योग बाणिज्य संघ नै बढि जिम्मेवार हुने पर्दछ त्यतै भन्नुस् । 

ठाउँ ठाउँमा गस्तीमा रहेको प्रहरीले त्यसको निगरानी गर्न सके रोकिने तफ ध्यानकृष्ट गराउँदा जिल्ला प्रहरी प्रमुख प्रहरी  उपरिक्षक भोलाबहादुर रावलले त्यसरी ठगिएकाहरुले तत्काल सुचित गर्न आग्रह गरेका छन् ।  

बन्दका कारण आवत जावतमा समस्या आएको र प्रेट्रोलियम  पदार्थको पनि अभाव भएको जनाईएको छ । संस्थागत रुपमा भने कालोवजारी नभएको दावि यातायत व्यवसायीहरुले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु