२० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्या"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धाइरिङबासीद्वारा कालिगण्डकी प्रसारण करिडोरको विरोध

२० मंसिर २०७३, सोमबार ०४:३५

२० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।
    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित वासिन्दाहरु विरोधमा उत्रिएका हुन ।
    आयोजना प्रभावित क्षेत्र अन्तर्गत पर्ने धाइरिङको वाड नं २,३ र ४ का स्थानीयवासीहरुले बस्ति नजिकको खेतियोग्य जमिनबाट लाइन विस्तार गर्न नहुँने भन्दै विरोध गरेका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्वेलाई परिवर्तन गरि फाँटबाट लैजान खोज्दा स्थानीयवासीहरु यतिखेर चर्को     विरोध उत्रिएका हुन ।
    सल्यानको फाँटमा ३ वटा एंगल टावर बनाउन लागेपछि स्थानीयबासी विरोधमा उत्रिएका हुन् । सल्यानको फाँटमा भएको स्थानीयवासीहरुको भेलाले खेतियोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निणय भएको संघर्ष समितिका संयोजक टुङगनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रशारण लाइन विस्तार ठूलो क्षती हुने देखेपछि विरोधमा उत्रिएको उनको तर्क      छ ।
    टावर सँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद विक्रि गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए ।
     साथै मेलाले गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदल समेत गठन गरेको छ ।
आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीहरुको मागलाई आयोजनाले गम्भिर रुपमा लिएको बताए ।
    उनले प्रशारण लाइनबाट प्रभावित स्थानीयवासीहरुलाई नियमनुसार मुआब्जा दिने बताए । उनले राष्ट्रिय गौरबको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताए । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ४० किमि लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए ।         एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।
सवस्टेसन निर्माण सुरु
म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी       प्रसारण करिडोर आयोजनाअन्तर्गत दानामा सवस्टेसन निर्माण सुरु गरेको       हो ।
    म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सवस्टेसन निर्माण सुरु     गरिएको आयोजनाले जनाएको छ । सवस्टेसन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम सुरु        गरेको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले जानकारी दिए ।
    सवस्टेसनले दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरेको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सवस्टेसन तथा ३८ किलोमिटर      दूरीको प्रसारण लाइन निर्माणका लागि ३० मे २०१६ मा रु दुई अर्ब ९०          करोडमा ठेक्का सम्झौता भएको थियो ।विसं २०७५ को साउनमा सवस्टेसन र प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । प्रसारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ ।
    आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छन् । १४ मेगावाट क्षमताको थापाखोला, पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।
    नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ । कालीगण्डकी       प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको       छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु