मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीत"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन मृगौला पीडितलाई सहयोग

२० मंसिर २०७३, सोमबार ०४:४४

मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीता शर्मालाई समाजले जनही १०÷१० हजार आर्थिक सहयोग गरेको हो । ‘हाम्रो सानो सहयोगले पीडितहरुलाई थोरै भएपनि राहात होला भन्ने मनसायले आर्थिक सहयोग हस्तान्तरण            गरेका हौंसंस्थाका संरक्षक दिपिका भुसालले  भनिन् ।’ यो सहयोग रकम सानो भएपनि मनैदेखि गरिएको सहयोग हो । यसले अरु धन भएकाहरुलाई सहयोग गर्न प्रेरणा मिल्नेछ ।’ उनले भनिन् ।
मृगौला पीडितले संस्थाले गरेको सानो सहयोग भएता पनि ठूलो राहत मिलेको बताएका छन् । संस्थाले सामाजिक क्षेत्रमा क्रियाशिल रही मानविय साहयेता गरेको भन्दै सानो र थोरै सहयोग भएता पनि धेरै     राहत मिलेको उनीहरुले बताए । संस्थाले यस अघि पर्वत जिल्लामा वृहत स्वास्थ्य शिविर समेत संचालन गरेको थियो ।
    यसैविच दुवै मृर्गौलामा खराबी आएपछि आर्थिक समस्यामा उपचारबाट बन्चित भएकी म्याग्दीकी ईन्द्रा खत्रीको उपचारमा यूकेमा रहेका नेपालीले करिव दुईलाख सङ्कलन गरेका छन् । बेनी नगरपालिका छाप स्थायी घरभई हाल यूकेमा रहेका किसान जिसीको संयोजकत्वमा सुरू       गरिएको आर्थिक सङ्कलन अभियानमा १४ सय २९ अर्थात १ लाख ९५ हजार ७७५ रुपैयाँ जुटेको हो ।‘इन्द्रा बचाउ अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ।             आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्यमा सबै एकजुट हुनुपर्छ’ मोना यूकेका आकस्मिक राहत कोषका संयोजक समेत       रहेका जिसीले भने । उनले यूकेमा रहेका म्याग्देली सहित नेपालीको सहभागितामा छोटो समयमै सो रकम सङ्कलन गर्न सफल भएको बताउँदै आगामी दिनमा समेत जिल्लाका आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोगको प्रतिबद्धता समेत जनाए ।
    संयोजक जिसीले पिडित खत्रीका दिदीबहिनीको अकालमै मृत्यु भएको पिडाका विचमा मृगौलाको रोगसंग लड्नुपर्ने अवस्थामा स्वदेश तथा विदेशमा भइरहेको सहयोगबाट उपचार सम्भव रहेको बताउँदै आर्थिक सहयोगको अभियानमा जुट्न समेत अपिल     गरेका छन् ।
    विगत १ वर्षदेखि मृर्गौलामा समस्या आएर उपचार गराइरहेकी खत्रीको आर्थिक अभाव भई उपचारमा थप समस्या देखिएपछि परोपकारी कार्यमा क्रियाशिल रहेको ओमकुमारी शान्ति कोषले समेत अभियान संचालन      गरेको थियो । अभियान अन्र्तरगत समेत आर्थिक सङ्कलन भइरहेको छ । विगत ९ महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित