मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीत"/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन मृगौला पीडितलाई सहयोग

२०७३, २० मंसिर सोमबार ०४:४४

मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीता शर्मालाई समाजले जनही १०÷१० हजार आर्थिक सहयोग गरेको हो । ‘हाम्रो सानो सहयोगले पीडितहरुलाई थोरै भएपनि राहात होला भन्ने मनसायले आर्थिक सहयोग हस्तान्तरण            गरेका हौंसंस्थाका संरक्षक दिपिका भुसालले  भनिन् ।’ यो सहयोग रकम सानो भएपनि मनैदेखि गरिएको सहयोग हो । यसले अरु धन भएकाहरुलाई सहयोग गर्न प्रेरणा मिल्नेछ ।’ उनले भनिन् ।
मृगौला पीडितले संस्थाले गरेको सानो सहयोग भएता पनि ठूलो राहत मिलेको बताएका छन् । संस्थाले सामाजिक क्षेत्रमा क्रियाशिल रही मानविय साहयेता गरेको भन्दै सानो र थोरै सहयोग भएता पनि धेरै     राहत मिलेको उनीहरुले बताए । संस्थाले यस अघि पर्वत जिल्लामा वृहत स्वास्थ्य शिविर समेत संचालन गरेको थियो ।
    यसैविच दुवै मृर्गौलामा खराबी आएपछि आर्थिक समस्यामा उपचारबाट बन्चित भएकी म्याग्दीकी ईन्द्रा खत्रीको उपचारमा यूकेमा रहेका नेपालीले करिव दुईलाख सङ्कलन गरेका छन् । बेनी नगरपालिका छाप स्थायी घरभई हाल यूकेमा रहेका किसान जिसीको संयोजकत्वमा सुरू       गरिएको आर्थिक सङ्कलन अभियानमा १४ सय २९ अर्थात १ लाख ९५ हजार ७७५ रुपैयाँ जुटेको हो ।‘इन्द्रा बचाउ अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ।             आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्यमा सबै एकजुट हुनुपर्छ’ मोना यूकेका आकस्मिक राहत कोषका संयोजक समेत       रहेका जिसीले भने । उनले यूकेमा रहेका म्याग्देली सहित नेपालीको सहभागितामा छोटो समयमै सो रकम सङ्कलन गर्न सफल भएको बताउँदै आगामी दिनमा समेत जिल्लाका आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सहयोगको प्रतिबद्धता समेत जनाए ।
    संयोजक जिसीले पिडित खत्रीका दिदीबहिनीको अकालमै मृत्यु भएको पिडाका विचमा मृगौलाको रोगसंग लड्नुपर्ने अवस्थामा स्वदेश तथा विदेशमा भइरहेको सहयोगबाट उपचार सम्भव रहेको बताउँदै आर्थिक सहयोगको अभियानमा जुट्न समेत अपिल     गरेका छन् ।
    विगत १ वर्षदेखि मृर्गौलामा समस्या आएर उपचार गराइरहेकी खत्रीको आर्थिक अभाव भई उपचारमा थप समस्या देखिएपछि परोपकारी कार्यमा क्रियाशिल रहेको ओमकुमारी शान्ति कोषले समेत अभियान संचालन      गरेको थियो । अभियान अन्र्तरगत समेत आर्थिक सङ्कलन भइरहेको छ । विगत ९ महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल