मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र द"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशै तिहारका लागि आएको सुन्सरा डिपोको खाद्यान्न चामल बाटोबाटै बेचियो

२१ मंसिर २०७३, मंगलवार ०४:२०

मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र दुहुँ क्षेत्रका स्थानीयलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले दुहुँ क्षेत्रको सुन्सेरामा रहेको खाद्य डिपोका लागि दशै तिहारका लागि आएको चामल अझै गाउँमा नपुगेको स्थानीयले गुनासो गरेका छन् ।

दशै तिहारका लागि आएको झण्डै अढाइसय क्वीन्टल चामल मध्ये सुन्सेरामा ५० देखि ६० क्वीन्टल चामल मात्रै पुगेको स्थानीय चन्दा कुवरले जानकारी दिनुभयो । 

सुन्सेरा गाविसमा नेकपा माओवादीको तर्फबाट पाँच छ बर्षसम्म गाविसमा सर्वदलिय प्रतिनीधिको जिम्मेवारी समेत बहन गर्दै आएका कुवरका अनुसार ठेकेदारले भाडा बचाएर दार्चुला सदरमुकामबाटै पनि चामल बेच्ने गरेको पनि बताउनु भयो । सुन्सेरा डिपोका लागि बार्षिक २ हजार देखि ५ हजार क्वीन्टलसम्म आउने चामल विगतमा पनि बाटोबाटै बेचिने गरेको र बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको चन्दा कुवरको भनाई छ । त्यसैगरी कोटा भन्दा कम चामल जाने र गएको चामल पनि गुणस्तरिय नहुँदा स्थानीयले बाध्य भएर महंगोमा खाद्यान्न किनेर खानु परेको छ । खाद्यान्नको चामल ३५ रुपैँया प्रतिकिलोग्राम विक्रि भईरहेको छ । 

त्यसैगरी सुन्सेर खाद्य डिपोका वितरक जनकसिह खातीका अनुसार हालसम्म ९ सय क्वीन्टल चामल वितरण भईसकेको र दशै तिहारको लागि आएको ३ सय क्वीन्टल चामल अझै वितरण गर्न बाँकी रहेको छ  । सुन्सेरा खाद्य डिपोका लागि आउने १५ सय क्वीन्टल चामल मध्ये यो बर्ष हालसम्म सबै चालम पुगी नसकेको र यसबर्षबाट डिपोमा बार्षिक ६ हजार क्वीन्टल चामल आउन लागेको जानकारी पनि खातीले दिनुभयो । त्यसैगरी सुन्सेराको डिपोबाट वितरण हुने चामल जिल्लामा सर्वदलिय निर्णय भएर नै बाटोबाट पनि वितरण हुने गरेको पनि वितरक जनकसिह खातीले जानकारी दिनुभयो । सुन्सेरा डिपोबाट सुन्सेरा गाविसभरीका जनतालाई चामल वितरण गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ