मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र द"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशै तिहारका लागि आएको सुन्सरा डिपोको खाद्यान्न चामल बाटोबाटै बेचियो

२०७३, २१ मंसिर मंगलवार ०४:२०

मङ्सिर २१, दार्चुला | नेपाल सरकारले खाद्य संस्थान मार्फत दुर्गम क्षेत्रका स्थानीयलाई सस्तोमा खाद्यान्न दिने गरेको छ । यसै अनुसार दार्चुला जिल्लामा पनि मार्मा र दुहुँ क्षेत्रका स्थानीयलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले दुहुँ क्षेत्रको सुन्सेरामा रहेको खाद्य डिपोका लागि दशै तिहारका लागि आएको चामल अझै गाउँमा नपुगेको स्थानीयले गुनासो गरेका छन् ।

दशै तिहारका लागि आएको झण्डै अढाइसय क्वीन्टल चामल मध्ये सुन्सेरामा ५० देखि ६० क्वीन्टल चामल मात्रै पुगेको स्थानीय चन्दा कुवरले जानकारी दिनुभयो । 

सुन्सेरा गाविसमा नेकपा माओवादीको तर्फबाट पाँच छ बर्षसम्म गाविसमा सर्वदलिय प्रतिनीधिको जिम्मेवारी समेत बहन गर्दै आएका कुवरका अनुसार ठेकेदारले भाडा बचाएर दार्चुला सदरमुकामबाटै पनि चामल बेच्ने गरेको पनि बताउनु भयो । सुन्सेरा डिपोका लागि बार्षिक २ हजार देखि ५ हजार क्वीन्टलसम्म आउने चामल विगतमा पनि बाटोबाटै बेचिने गरेको र बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको चन्दा कुवरको भनाई छ । त्यसैगरी कोटा भन्दा कम चामल जाने र गएको चामल पनि गुणस्तरिय नहुँदा स्थानीयले बाध्य भएर महंगोमा खाद्यान्न किनेर खानु परेको छ । खाद्यान्नको चामल ३५ रुपैँया प्रतिकिलोग्राम विक्रि भईरहेको छ । 

त्यसैगरी सुन्सेर खाद्य डिपोका वितरक जनकसिह खातीका अनुसार हालसम्म ९ सय क्वीन्टल चामल वितरण भईसकेको र दशै तिहारको लागि आएको ३ सय क्वीन्टल चामल अझै वितरण गर्न बाँकी रहेको छ  । सुन्सेरा खाद्य डिपोका लागि आउने १५ सय क्वीन्टल चामल मध्ये यो बर्ष हालसम्म सबै चालम पुगी नसकेको र यसबर्षबाट डिपोमा बार्षिक ६ हजार क्वीन्टल चामल आउन लागेको जानकारी पनि खातीले दिनुभयो । त्यसैगरी सुन्सेराको डिपोबाट वितरण हुने चामल जिल्लामा सर्वदलिय निर्णय भएर नै बाटोबाट पनि वितरण हुने गरेको पनि वितरक जनकसिह खातीले जानकारी दिनुभयो । सुन्सेरा डिपोबाट सुन्सेरा गाविसभरीका जनतालाई चामल वितरण गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति