दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोषले सिंचाई कुलो बनाईदिएपछि तरकारी ब्यवसायी खुसी

२१ मंसिर २०७३, मंगलवार ०४:५१

दान बहादुर बुढा | मङ्सिर २१, मुगु | मुगुको कार्कीबाडा गाविसको कालापाल्त गाउँमा सिचाई कुल निर्माण भएपछि स्थानीय तरकारी ब्यवसायी खुसि भएका छन् ।  गरिबी निबारण कोषको आर्थिक सहयोग र जनकल्याणको सामाजिक परिचालनमा सिचाई कुलो बनेको हो ।

कोषको १९ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कुलो करिव २० रोपनी खेतीयोग्य जमिन र तरकारीबारीको लागि प्रयोग गरिने भएको छ । कुलोले गर्दा धान तरकारी उत्पादनमा टेवा पुग्ने भएको छ । उक्त सिचाई कुलोबाट कार्कीबाडा गाविसका करिव ३ सय परिवार लाभान्वित हुने गएका छन् । कुलो नहुँदा बांझिदै गएको कालापाल्त गाउँको जमिन अब पानीले उर्भरा बन्ने आशा गरेका छन् । सदरमुकाम भन्दा डेढ घण्टा टाढा रहेको कालापाल्तमा अन्नबाली भन्दा बिषेश गरि बन्दा, काउली, लसुन, प्याज, आजु, रायो, धनिया लगायत मौसमी तथा बेमौसमी तरकारी बढी उत्पादन हुने गरेको छ । 

हाम्रो आबश्यकता अनुशार कोषले सिचाई कुलो निर्माण गरि दिएपछि निकै खुशी भएको समुहकी अध्यक्ष तिउखुरी रावलले भनिन् ‘अब अनाज देखि तराकारी फलाउन सिचाई गर्न पाइने भयो’ । 

कालापाल्त गाउँका महिलाहरुको माग अनुशार कुलो बनेको कोषले जानकारी गराएको छ । कुलो निर्माणको लागि महिला समुह गठन गरि योजना स्वीकृत गरिएको कोष कार्यप्रबन्धक किर्ती खाताले बताए । 

कोषको दोश्रो चरण कार्यक्रम लागु भए लगत्तै कालापाल्तमा सिचाई कुलो बनेको छ । पहिलो चरणमा जिल्लामा कोषका ५ वटा साझेदारी संस्था रहेको दोश्रो चरणमा ३ वटा मात्र साझेदारी संस्था छनौट भएका छन् । लगानी अनुशार राम्रो प्रगति होस भन्ने हिसावले समुदायमा सिचाई कुलो निर्माण गरेको जनकल्याण संस्थाका अध्यक्ष पदमबहादुर रावलले बताए । अनुगमनमा जोड दिइएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु