२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३४ लाखको लगानीमा गाउँमा प्रहरी भवन बन्ने

२०७३, २१ मंसिर मंगलवार १०:४९

अजयकुमार साह । मंसीर २१, उदयपुर । द्वन्द्वकालमा भवन आगजनी भएपछि पुरानो भाडाको घरमा बस्दै आएको उदयुरको  हडिया गाविस स्थित प्रहरी चौकी हडियाको अव नयाँ आधुनिक पक्की भवन बन्ने भएको छ ।

स्थानीयको पुरानो भत्किन लागेको घरमा बस्दै आएको प्रहरी चौकी एकबर्षभित्रमै नयाँ पक्की भवनमा बस्न पाउने भएको हो । भवनका लागि स्थानीय रामप्रसाद चौधरीले करिब ५० लाख बराबरको ३ कठ्ठा जग्गा निःशुल्क दान गरेका छन् ।

आईतबार विधिवतरुपमा प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे र जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले संयुक्तरुमा सिलान्यास गर्नुभयो ।

स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार  र सर्बसाधारणको उपस्थितिमा सिलान्यास गरिएको भवन एकबर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष रहेको निर्माण समितिका अध्यक्ष युवराज राउतले बताउनुभयो । 

३४ लाख लागत स्टिमेटको सो भवनका लागि प्रहरी प्रधान कार्यालयबाट ५ लाख, गाविसबाट २ लाख ३६ हजार उपलब्ध भएको छ । मूख्यरुपमा स्थानीयहरुको जनश्रमदान रहने भवनका लागि स्थानीय सामुदायिक वनहरुले काठ र निर्माण ब्यवसायीहरुले ढुंगा, गिट्टी, बालुवा निःशुल्करुपमा उपलब्ध गराउने भएका छन् । 

भवनको सिल्यास गर्दै प्रमूख जिल्ला अधिकारी घिमिरेले प्रहरीलाई जनताको सहयोग अपरिहार्य रहेको र सहयोगबाटै हडियामा प्रहरी भवन बन्न लागेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले जनतालाई राम्रो शान्ति सुरक्षा दिएर जनताको गुण तिर्न प्रहरीलाई निर्देशन दिनुभयो । त्यसैगरी प्रहरी प्रमूख एसपी केसीले जनता र प्रहरीको सम्बन्ध नङ र मासुको जस्तै रहेको भन्दै दुःखका साथ बसिरहेको प्रहरी चौकीले भवन पाएपछि जनतालाई अझ प्रभावकारी सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति