यसै मंसिर २३ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यसै मंसिर २३ गते"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सुनलमा हुने मेलाको तयारी अन्तिम चरणमा

२१ मंसिर २०७३, मंगलवार १२:२८

मङ्सिर २१, नवलपरासी | नवलपरासीको सुनलमा हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको अतयार अन्तिम चरणमा पुगेको छ । 


यसै मंसिर २३ गते विहिबारदेखि संचालन हुने मेलामा मुल गेट, मञ्च, स्टल, बाल उद्यान, सचिवालय, शौचालय लगायतको निर्माण काम सम्पन्न भई मेलाको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । 

अध्यक्ष थापाका अनुसार मेलाको बाण्डरी गर्ने देखि लिएर स्टल निर्माण, मन्च व्यवस्थापन, मुल गेट निर्माण, बाल उद्यान, व्यस्थित पार्किङ्ग र सचिवालयको निर्माण कार्य सम्पन्न गरि मेलाको गाउँगाउँ व्यापक प्रचार प्रसार र विभिन्न संघ संस्थाहरु तथा स्थानिय प्रशासनहरु संग समन्वयको काम भैरहेको बताउनु भयो । यस वर्ष मेलाको मुख्य आकर्षण भगवान गौतम बुद्धको आमा,मायादेवी मन्दिर आकृतिको मुल गेट, हेलिकप्टर, सयर, डुङ्गा सयर, बाल उद्यान, सांस्कृति प्रदर्शनी र सचिवालय रहने अध्यक्ष थापाले जानकारी दिनु भयो । 

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । बरिष्ठ उपाध्यक्ष गुप्ताका अनुसार मेलामा, जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृतचित्र माफर्त प्रदर्शनी समेत गर्ने बताउनु भयो । 

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेयले बताउनु भयो । मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन गरिएछ भने मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने र मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने महासचिव पाण्डेले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु