२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु

२३ मंसिर २०७३, बिहीबार १६:३०

मंसिर २३, पोखरा | पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबार राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ । आगामी पुस ४ गतेसम्म पोखराको नयाँबजारमा चल्ने मेलाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीले उद्घाटन गरे ।

उनले राजनीतिले गर्दा नै देशको अर्थतन्त्र अहिले परजीवीमुखी हुन पुगेको धारणा राखे । उनले कर्मचारीहरुलाई तलव खुवाउन पनि विदेशीको मुख ताक्ने स्थितिमा देश पुगेकोमा चिन्ता व्यक्त गर्दै भन्नु भयो– पढेलेखेकाले थलो र नपढेकाले हलो छाड्दै सवै युवाहरु भौतारिदै खाडीका मुलुकतिर जान थालेपछि देशको अर्थतन्त्र जर्जर वन्न पुगेको हो ।

शाहीले पार्टी नेताको ईज्जत र जनता झुक्याउन हतारहतारमा ठूल्ठूला आयोजनाको शिलान्यास गर्ने तर विसौं वर्षसम्म पनि काम अघि नवढ्ने प्रवृत्ति देखा पर्ने गरेको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि त्यस्तै भएको बताए । पश्चिमान्चलका क्षेत्रीय प्रशासक खगराज बरालले प्रकृतिलाई देखाएर मात्रै अव पर्यटन प्रवद्र्धन हुन नसक्ने भएकोले मानव निर्मित पर्यटकीय गन्तव्य बनाएर पोखराको पर्यटन प्रवद्र्धन गरिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आर्थिक उन्नति विना कुनै पनि काम अघि वढ्न नसक्ने वताए । उनले वन्द, हडताल, चक्काजाम सधैका लागि वन्द गरी कृषि, उद्योग धन्दा तथा कलकारखानाको विकास तीव्र गतिमा अघि वढाउनु पर्नेमा जोड दिए ।

मेला सुरु हुनुअघि प्रभातफेरीमा निस्किएको थियो । प्रभातफेरीमा विभिन्न आमा समूहहरु, टोल विकास संस्था, जातीय संघ÷संस्था र उद्योगी÷व्यवसायीको प्रतिनिधित्व थियो । “लगानीको प्रवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन “ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको मेलामा औद्योगिक, कृषिजन्य र हस्तकलाका सामानको उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका २ सय ९५ स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…