दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालम"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनथराली विमानस्थलमा माघभित्रै टेष्ट फ्लाईट गरिसक्ने मन्त्रालयको दावी

२४ मंसिर २०७३, शुक्रबार १३:०५

दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने प्रतिवद्धता गर्नु भएको ४ महिना नवित्दै विमान टेष्ट फ्लाईटका लागि ८० प्रतिशत काम सम्पन्न भैसकेको धावनमार्ग निर्माणकार्यको नेतृत्व गरिरहेका डन्डमान महताराले बताउनु भएको छ । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्न मन्त्री शाहीले भाद्र १६ गते गरेको घोषणा अनुसार मन्त्रालयको निर्देशनमा टेष्ट फ्लाईटका लागि ८० प्रतिशत काम सम्पन्न भैसकेको महताराले बताउनु भएको हो ।

यता ६९० मिटर लम्बाई ५६ मिटर चौडाई धावन मार्ग रहेको विमान स्थलमा ३०० मिटर लम्बाई फिनिसीं भैसकेकाले बाकी काम फिनिसींमै रहेकाले माघ भित्र काम सम्पन्न गरी टेष्ट फ्लाईट गरिसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीका नीजि सचिवालय सदस्य दमन बहादुर शाहीले बताउनु भएको छ । सेराकाली कन्ट्रक्सन प्रा.लि.को ठेक्कामा निर्माणाधिन विमानस्थलमा हाल दैनिक ९० जना बढी कामदारहरु लगाई काम अगाडी बढाईएकाले भनेकै समयमा टेष्ट फ्लाईट गरिसक्ने मन्त्रालयको तयारी रहेको शाहीले बताउनु भएको छ ।

काम चाडै सम्पन्न गरिसक्न मत्रालयको निर्देशन अनुसार काम अगाडी बढीरहे पनि प्रयाप्त कामदारको अभावमा काम सोचे अनुसार हुन नसकेकाे निर्माणधिन स्थलमा काम चलाई रहनु भएका डण्डमान महताराले बताउनु भएको छ । २ करोड १० लाखमा टेन्डर आह्वान भै ३५ प्रतिशत टेन्डर घटेर सेराकाली कन्ट्रक्सन प्रा.लि.ले पारेकाे ठेक्कामा समयमै काम सक्न कामदारको समस्या परे पनि बजेटको भने समस्या नरहेको महताराले बताउनु भएको छ । बिमान स्थल संगै निर्माण हुनुपर्ने भवन निर्माण भैसकेको र रिपीटर टावर, पुलिस क्वाटर र विमानस्थल घेरबार जस्ता काम हुन अझै बाकी रहेको वहाले बताउनु भएको छ ।

३ दशक पहिले बिमान स्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिएको विमान स्थल निर्माणका लागि करिव १० करोड बरावरको बजेट खर्च भैसकेको थियो भने कामको शिलशिलामा ४१ जना कामदारको अकालमै ज्यान गइसकेको थियो । ज्यान जाने ४१ जना कामदारहरुमध्य ६ जना विमानस्थल कटान गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका थिए भने धादिङ्ग जोगिमारा स्थायी घर भै विमानस्थल निर्माणको शिलशिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरुलाई २०५८ सालमा तत्कालिन राज्यपक्षको शाहीसेनाद्धारा विमान स्थलमै गोलिहानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु