दान बहादुर बुढा | मङ्सिर २५, मुगु | सदरमुकाम गमगढीदेखी पश्चिम खत्याड भेगको सेरी गाबिस वडानम्बर २ बस्ने जयक्ष्मी मल्लले गमगढी बजारमा एक दशक लाम्रो सम्म होटल ब्यवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मङ्सिर २५, मुगु | सदरमुकाम गमगढीदेखी पश्चिम खत्याड भेगको सेरी गाबिस वडानम्बर २ बस्ने जयक्ष्मी मल्लले गमगढी बजारमा एक दशक लाम्रो सम्म होटल ब्यवस"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

होटल छोडी भेडा ब्यवसायबाट बार्षिक लाखौँ आम्दानी

२०७३, २५ मंसिर शनिबार ०४:०४

दान बहादुर बुढा | मङ्सिर २५, मुगु | सदरमुकाम गमगढीदेखी पश्चिम खत्याड भेगको सेरी गाबिस वडानम्बर २ बस्ने जयक्ष्मी मल्लले गमगढी बजारमा एक दशक लाम्रो सम्म होटल ब्यवसाय संन्चालन गरी बस्दा खासै आम्दानि गर्न नसक्दा हिजो-आज होटल ब्यवसाय छोडी भेडा ब्यवसाय गर्दा बाषिक लाखौँ आम्दानि गरेकी छन । 

सुरुमा मल्ललाई  आव ०७१/७२ मा सहयोगी संस्था उच्च पहाड कुषि ब्यबसाय तथा जिबिकोपार्जन सुधार आयोजना (हिमाली) बाट २१ लाख नगद अनुदान रकम प्राप्त भएको थियो । उक्त रकम पाएपछि भेडा र्फम खोली (भवन)खोर बनाई ब्यबसाय सुरु गरेकी कृषक जयलक्ष्मीले हिजोआज आफ्नो घर सेरीमा बिहान बेलुका बन पाखामा भेडासंगै खेलबाड गर्दै आफ्नो दैनिकी गुजार्छिन । शुरुमा १ एक सय भन्दा बढी भेडा खरीद गरेकी उनले रातदिन भेडालाई स्याहार सुसार दानापानि घाँस पालन पोषणमा ध्यान दिंदै आएकी छन् ।

२१ लाख रकमबाट भेडा खरीद गरी पालन सुरु गरेकी उनले बार्षिक ५५ बटा नयाँ भेडा उत्पादन तथा बिक्रि गरेकी छन । आजभोली  स्थानिय गाउँ-घर बजारमा २५ देखी ३० के.जी बराबरको भेडाको मूल्य १५ हजार सम्म पर्ने गरेको मल्लले बताएकी छन । स्थानिय बजार र गाउँ घरमा भेडाको मासु प्रति केजी रु ६ सय सम्म रहेकोले हिजोआज भेडा खरीदको लागी गाठमै आएर किन्ने गर्छन । मल्लले २ बर्षसम्म घर खर्च लुगा रोटी, बास र अन्य खर्च छुटाएर ९ लाख भन्दा बढी नगद रकम जम्मा गरेकी छन भने भेडा  ब्यवसायबाट एक  छोरालाई ईन्जिनियरमा पढा्ईरहेकी छन्  त्यस्तै २ छारीलाई सरकारी बिद्यालयमा पढाईरहेकी छन । मल्लले यूवाहरुलाई बिदेश गएर अर्काको अन्डरमा काम गर्नुभन्दा स्वदेशमै केहि गर्न सुझाव दिएकी छन् ।


स्थानिय बजारमा भेडाको राम्रो माग भएको र यस पहाड कुषि ब्यबसाय तथा जिबिकोपार्जन सुधार आयोजना (हिमाली) बाट २१ लाख नगद रकमको सही सदुपयोग गरी जिल्लामा नमुना भेडा ब्यवासय बनेही  हिमाली आयोजनाका जिल्ला कृषि बिज्ञ जगत बहादुर भामले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति