मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भ"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

२६ मंसिर २०७३, आईतवार ०५:२८

मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ । 

भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्रे र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

यसअघि सडक डिभिजन कार्यालय बागलुङअन्तर्गत रहेको यो सडकको कालोपत्रे र स्तरवृद्धिका लागि छुट्टै आयोजना सञ्चालन भएको थियो । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाको जोमसोममा कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

आयोजना प्रमुख सुवेदीले पहिलो चरणमा रु तीन अर्ब लागत अनुमान गरिएको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का प्रक्रियाको काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जोमसोमदेखि कोरलासम्मको सडकलाई ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने कामका लागि सातवटा खण्डमा विभाजन गरिएको छ । 

सातवटै प्याकेजको काम गर्न छनोट भएका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम सुरु गरेका छन् । स्थलगत सर्वेक्षण, निर्माण सामग्री, जनशक्ति र उपकरणको व्यवस्थापन गरेर हिउँदलगत्तै पूर्वाधार निर्माणको काम सुरु गर्ने जोमसोम–कोरला सडकअन्तर्गत पाँचौँ खण्डको काम गर्ने ठेक्का पाएको अमित बिल्डर्सका सञ्चालक प्रेमप्रसाद तुलाचनले बताउनुभयो । 

सडक स्तरवृद्धि र कालोपत्रेसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । ७.५ मिटर चौडाइमा कालोपत्रे गरिने बेनी–जोमसोम सडक दुई लेनको हुनेछ । हाल कच्ची अवस्थामा रहेको बेनी–जोमसोम सडक विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । 

सङ्घीय संरचनाअनुसार प्रदेश नं ४ को भाग्यरेखा मानिएको यो सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव