२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झर्नासागर कृषि सहकारीको तेस्रो बार्षिक साधारण सभा

२०७३, २६ मंसिर आईतवार ११:३१

मंसिर २६, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका १ चन्दनबस्तीमा रहेको झर्नासागर कृषि सहाकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शनिबार एक कार्यक्रममा विच सहकारीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा बोल्ने अधिकाँस वक्ताहरुले दक्षिणी क्षेत्रको समग्र कृषि क्षेत्रको विकासका लागि सहकारीले योगदान पु¥याएको बताएका छन् । सहकारीका संचालक सदस्य शेर बहादुर सिहले सहकारी स्थापना भएपछि कृषकहरुलाई कृषिका विषयमा ज्ञानका साथै सहुलियत भएको बताए । 

यस्तै कालिका प्राविका प्रद्यानाध्याक पदम बहादुर शाहले सहकारीले कृषिका साथै यस क्षेत्रको शैक्षिका विकासका लागि समेत योजना अघि बढाउनुपर्नेमा जोडदिए । कार्यक्र्ममा सहकारीका अध्यक्ष एकेन्द्र शाहले सहकारीको स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण बारे कार्यपत्र प्रस्तुत गरे ।

 अध्यक्ष शाहले सहकारीले विभिन्न अवरोधका विच स्थानिय कृषकहरुको जिवनस्तर उकास्नका लागि विभिन्न योजनाहरु अघि सारेर काम बढाईरहेको बताए । अध्यक्ष शाहले ९ लाख, ६७ हजार, ४ सय २४ बराबरको आयव्यय प्रस्तुत गरे । विभिन्न निकायसंगको अनुदानबाट सहकारीले पोलिहाउस निर्माण गरि नर्सरी स्थापना गरिएको समेत बताए । सहकारीले कृषि क्षेत्रको उत्पादन बृद्धिका लागि सहकारी मार्फत निःशुल्क माटो परिक्षण गरिने बताए । 

यस्तै आगामी दिनमा सहकारीले गाउँ घरमा छरिएर रहेको लगानी संकलन गरेर निम्नस्तरका जनताको जिवनस्तरमा बृद्धि गरिने बताए । ‘बचतका साथै सहकारीमा एक घर एक सहकारी सदस्य आवद्ध गराउँछौँ ।’ उनले भने ‘सहकारी मार्फत गाउँका कृषि समस्या सम्बोधन गर्न सकिन्छ ।’ कृषकहरुलाई व्यवसायिकरण गर्न समेत सहकारीले विभिन्न तालिम संचालन गर्ने समेत अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले सहकारीमा आवद्ध हुन र बचत गर्न समेत सबैलाई आग्रह गरेका छन् । बार्षिक साधारण सभाका बिरिष्ठ अथिति समेत रहेका शिक्षाप्रेमी तथा बरिष्ठ समाजसेवी प्रेम सिह भाटले सहकारीले गाउँ क्षेत्रका कृषकहरुको हितमा काम गरेको भन्दै आगामी दिनमा समेत आफ्नो गाउँ ठाँउको विकासका लागि सहकारीको योजना ल्याउनुपर्नेमा जोडदिए ।

 कार्यक्र्ममा प्रमुख अथिति समेत रहेका नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले सहकारीलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बचन दिएकी छिन् । कृषि सहकारीको भूमिका शसक्त बनाउन जरुरी रहेको भन्दै कृषिको विकासका लागि योजना ल्याउन समेत सहकारीलाई उनले आग्रह गरिन् । सहकारीका सचिव लोक बहादुर बलायरले सचालन गर्नु भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, नागरिक समाज, शिक्षक, समाजसेवी, युवा, महिला, सहकारीका सदस्य, बचतकर्ता लगायतको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति