४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिर्ण बन्दै गहेको गमगढी बालै हुदै पिना जोड्ने सडक खुलाउने पहल भएन

२६ मंसिर २०७३, आईतवार ११:४०

नन्द बहादुर रोकाया, मंसिर २६, मुगु । मुगु सदरमुकाम गमगढी देखि बालै हुदै पिना गा बि स सम्म जोडिएकोे सडक खुलाउने पहल काही कतैबाट नहुदाँ सडक जिर्ण बन्नुका साथै ६ महिना देखि सडक बन्द अवस्थामा रहेको छ । हिउदँका महिनामा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातको सिजनमा यो सडक नियमित रुपमा अवरुद्ध हुने गरेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनी ताल्चा बिमानस्थल तल रहेको सडक खोलाले गर्दा खोला आसपासका सडक समेत कटान् गरेर सडक अबरुद्ध हुने गरेको कार्काीवाडा गा बि स का स्थानीय हिद्धय सिहं नेपालीले बताउनु भयो ।

उहाँका अनुसार ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी पहिलेका बर्ष हरुको तुलानामा यो वर्ष सडक धेरै कटान गरेकाले सडक यो बर्ष असार देखिनै बन्द भएको उहाँको भनाई रहेको छ । ।सडक विस्तार गरेर मात्रै छाड्ने र मर्मत सम्भार नगर्ने प्रवृतिले सर्वसाधारणले सास्ती खेपेको बताउँदै स्थानीय सरोकारवाला र सरकारी निकायले यसतर्फ ध्यान पु¥याउन आबश्यक रहेको बताउनुभयो । सडकको ट्रयाक खोलेको झण्डै ५बर्ष वित्यो । तर अझैपनि यस सडकखण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । मर्मत सम्मारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ ।

तिन गाविसबासी प्रत्येक्ष लाभाविन्त हुने यस सडक पछिल्लो समय  मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको छ । सदरमुकाम देखि ५ किलोमिटर अगाडि पिना गा बि स सम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा   तिन गा बि स कार्काीवाडा, श्रीनगर र पिना  गा बि सको  कर्णाीली रोजगारको रकममा विस्तार गरि गमगढी बालै हुदै पिना सम्म पु¥याइएको श्रीनगर गा बि सका सचिव नन्द बहादुर मल्लले बताउनुभयो । सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा  असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका सचिब मल्लको भनाई रहेको छ । सडक विस्तार भएको लामो समय भईसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा सरकार र जिल्ला स्थित राजनितीक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ