पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा"/>

२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

मोलुङ हाईड्रो निर्माणको आधा काम सकियो

२७ मंसिर २०७३, सोमबार १३:५४


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २७, ओखलढुंगा । मोलुङ हाईड्रो पावर निर्माणको आधा काम सकिएको छ । विगत १ वर्ष अगाडि देखि सुरु भएको आयोजनाको हाल सम्म करिब ५० प्रतिशत काम सकिएको हो । 

१ अरब ३० लाखको लागतमा दुई वर्षमा सम्पन्न गर्नेगरी सुरु भएको आयोजना निर्माणको काम अब कुनै समस्या आई नपरे एक वर्ष भित्रमा सम्पन्न गरिने मोलुङ हाईड्रो पावरका प्रोजेक्ट मेनेजर नविन महर्जनले बताए,‘अबको एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी हामी दिन रात काम गरिरहेका छौं’,महर्जनले भने, ‘नाकाबन्दी र भूकम्पका कारण केही समय काम प्रभावित भएपनि अहिले कामको गतिले तिव्रता लिएको छ,देशको परिस्थीती नविग्रीए र बिचमा कुनै समस्या नआए अबको एक वर्षमा सबैकाम सक्छौँ ।’ उनका अनुसार आयोजनाको सुरुङ मार्ग, पावर हाउस र ड्याम निर्माणको काम आधा भन्दा बढि सम्पन्न भईसकेको छ ।


दैनिक करिब दुई सय मजदुरले आयोजना निर्माणको काम गरिरहेको छन् । त्यसमा १० प्रतिशत स्थानीय कामदार छन् । विद्युत् आयोजना निर्माण सुरु भएयता स्थानीय पनि उत्साहित छन् । ‘विद्युत् आयोजना निर्माणले यस क्षेत्रका स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरेका छौं’, आयोजना सरोकार समितिका अध्यक्ष फणिन्द्र दाहालले भने,‘यस क्षेत्रको भविष्यसँग जोडिएकोले आयोजना निर्माणमा हामीले सक्दो सहयोग गरिरहेका छौं ।’


 निर्माण कम्पनिले प्रभावित क्षेत्रका स्थानीयलाई सामाजिक सेवा,सडक मर्मत जग्गाको क्षतिपूर्ति र रोजगारीको अवसर प्रदान गर्दै आएको छ । जिल्लामा हाल सम्मकै सबैभन्दा बढि लगानिमा र सबैभन्दा ठुलो मानिएको आयोजना निर्माण सम्पन्न भए पछि विकासमा ठुलै परिवर्तनहरु आउने जिल्लाबासीको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४