दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका ब"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नालीमै पहिलो पटक धितोपत्रबारे अभिमुखिकरण

२७ मंसिर २०७३, सोमबार १६:०१

दलसिंह गिरी

मंसिर २७ कालिकोट/कर्नालीमै पहिलो पटक कालिकोटमा घितोपत्रबारे जनचेतना अभिबृद्धि सम्बन्धि अभिमुखीकरण भएको छ । नेपालका विभिन्न आयोजना तथा वित्तिय लगानीमा कर्नाली क्षेत्रका बासिन्दाहरुको न्यून सहभागिता देखिएकाले धितोपत्रका बारेमा कर्नाली क्षेत्रका बासिन्दाहरुलाई अभिबृद्धि गराउन अभिमुखीकरण गरिएको हो ।

नेपाल धितोपत्र बोर्ड र उद्योग बाणिज्य संघ कालिकोटको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम मान्ममा आज आयोजित धितोपत्र सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. हिक्मत बहादुर कार्कीको नेतृत्वमा कालिकोट आएको टोली द्धारा उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपनिर्देशक अम्बिका प्रकाश गिरीले धितोपत्रको परिचय, यसको महत्व र यसको कामबारे कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको छ । 


अन्तरक्रियामा धितोपत्रबारे गरिएको जानकारी पश्चात सहभागिहरुले राखेको जिज्ञासा मेटाउदै नेपाल धितोपत्र बोर्डका अध्यक्ष कार्कीले कर्नालीमा लगानी गर्ने क्षेत्रमा अथाहा सम्भावना भएपनि यहाको स्थानीय समुदाय जागरुक नदेखिएकाले धितोपत्रबारे जिल्लावासीलाई जनचेतना जगाउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । कर्नालीमा जडिबुटी, पर्यटन तथा जलविद्युतको अथाहा सम्भावना भएकाले अब यहाँकै समुदायले आफ्नै लगानीमा आयोजना संचालन गरी आर्थिकरुपमा समृद्ध हुन सकिने कार्कीले बताउनु भयो । 

कर्नाली क्षेत्रमा परापूर्व कालदेखि सम्पती ब्यापक भएपनि यसको आम्दानीमुलक प्रयोगको कमिका कारण पैसा घरको भित्ता, मुदुस, बाकस र जमिनमा राख्ने चलन यदाकदा अझै कायम रहेको बताउदै यसलाई सहि सदुयोग गरी लगानी गर्न सके कर्नालीकै विकास हुने कार्कीले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, जिल्लामा कृयाशिल राजनैतिकदल, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीय ब्यापारीहरुको उल्लेख्य उपस्थीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु