सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्ध"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको लमही मै खुल्ने भयो मालपोत र नापी कार्यालय

२०७३, २८ मंसिर मंगलवार १५:०७

सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्धि काम लिएर देउखुरीका नागरिक घोराही जानुपर्ने वाध्यता छ । अव लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएपछी जग्गा सम्वन्धि सेवा लिन घोराही जान नपर्ने भएको हो ।

सेवा केन्द्र स्थापनाको लागि गरिएको पहल साकार भएको र केही दिनमै कार्यालय स्थापना गरेर मालपोत र नापी कार्यालयले लमही वाट सेवा प्रवाह गर्ने सेवा केन्द्र स्थापनाका अभियानकर्ता गंगाराम भट्टराईले जानकारी दिए । भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय एक वर्ष अघि गरेको थियो । त्यही निर्णयको आधारमा मन्त्रालयले कर्मचारीको दरवन्दी पठाएको छ । मन्त्रालयले मालपोत कार्यालयको लागी २६ जना कर्मचारीको दरवन्दी पठाएको छ ।

यस्तै मन्त्रालयले नापी कार्यालयको लागि १९ जना कर्मचारीको दरवन्दी पठाएको छ । मालपोत र नापी कार्यालय स्थापनाको लागी घरको खोजी भैरहेको लमही मालपोत कार्यालयका मालपोत अधिकृत कृष्ण प्रसाद खरेलले जानकारी दिए । मंसीर २० गते मन्त्रालयले खरेललाई मालपोत अधिकृतको रुपमा जिम्मेवारी दिएको हो । यसैगरी नापी कार्यालयको प्रमुखको रुपमा कृष्णप्रसाद अधिकारी आउने भएका छन् । मालपोत कार्यालयमा एक जना मालपोत अधिकृत, एक जना नायव सुब्बा, एक जना खरीदार र एक जना कम्प्यूटर अपरेटरको पदपुर्ती भैसकेको छ । मालपोत र नापी कार्यालय एकै स्थानमा स्थापनाको तयारी गरिएको हो । रातो डाँडा, बजार क्षेत्र, नगरपालीका आसपासको स्थानमा घरको खोजी भैरहेको छ । दाङ जिल्लामा यो संगै तिन स्थानवाट मालपोत र नापी कार्यालयले सेवा प्रवाह गर्नेछन् । तुलसीपुर सहीत पश्चिम क्षेत्रका नागरिकहरुले तुलसीपुर वाट, घोराही उपत्यकाका नागरिकले घोराही वाट र देउखुरीका नागरिकले लमहीवाट सेवा लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति