सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्ध"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको लमही मै खुल्ने भयो मालपोत र नापी कार्यालय

२८ मंसिर २०७३, मंगलवार १५:०७

सन्तोषकुमार गुप्ता । देउखुरी, २८ मंसीर । देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयले छिट्टै सेवा प्रवाह गर्ने भएका छन् । जग्गा सम्वन्धि काम लिएर देउखुरीका नागरिक घोराही जानुपर्ने वाध्यता छ । अव लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएपछी जग्गा सम्वन्धि सेवा लिन घोराही जान नपर्ने भएको हो ।

सेवा केन्द्र स्थापनाको लागि गरिएको पहल साकार भएको र केही दिनमै कार्यालय स्थापना गरेर मालपोत र नापी कार्यालयले लमही वाट सेवा प्रवाह गर्ने सेवा केन्द्र स्थापनाका अभियानकर्ता गंगाराम भट्टराईले जानकारी दिए । भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय एक वर्ष अघि गरेको थियो । त्यही निर्णयको आधारमा मन्त्रालयले कर्मचारीको दरवन्दी पठाएको छ । मन्त्रालयले मालपोत कार्यालयको लागी २६ जना कर्मचारीको दरवन्दी पठाएको छ ।

यस्तै मन्त्रालयले नापी कार्यालयको लागि १९ जना कर्मचारीको दरवन्दी पठाएको छ । मालपोत र नापी कार्यालय स्थापनाको लागी घरको खोजी भैरहेको लमही मालपोत कार्यालयका मालपोत अधिकृत कृष्ण प्रसाद खरेलले जानकारी दिए । मंसीर २० गते मन्त्रालयले खरेललाई मालपोत अधिकृतको रुपमा जिम्मेवारी दिएको हो । यसैगरी नापी कार्यालयको प्रमुखको रुपमा कृष्णप्रसाद अधिकारी आउने भएका छन् । मालपोत कार्यालयमा एक जना मालपोत अधिकृत, एक जना नायव सुब्बा, एक जना खरीदार र एक जना कम्प्यूटर अपरेटरको पदपुर्ती भैसकेको छ । मालपोत र नापी कार्यालय एकै स्थानमा स्थापनाको तयारी गरिएको हो । रातो डाँडा, बजार क्षेत्र, नगरपालीका आसपासको स्थानमा घरको खोजी भैरहेको छ । दाङ जिल्लामा यो संगै तिन स्थानवाट मालपोत र नापी कार्यालयले सेवा प्रवाह गर्नेछन् । तुलसीपुर सहीत पश्चिम क्षेत्रका नागरिकहरुले तुलसीपुर वाट, घोराही उपत्यकाका नागरिकले घोराही वाट र देउखुरीका नागरिकले लमहीवाट सेवा लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली