२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

२०७३, ३० मंसिर बिहीबार ०९:००

मंसिर ३०, डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ । 

यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराउनुभयो । 

जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाँखेत गाविसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्रामको कोटगाणे खोला, परशुराम नगरपालिका जोगबुढाको गाईबाँधेखोला र पनपा शीर्षको आनातोलीखोला, मष्टामाडौँको कुइतणाखोला, गणेशपुरको गर्ता ९फिन्नेकोट० खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुल निर्माण भइरहेको झोलुङ्गे पुलका फोकल व्यक्तिसमेत रहेका सहायक सवइन्जिनियर भण्डारीले जानकारी गराउनुभयो । 

स्थानीय खोलामा पुल निर्माण कार्यले विद्यार्थी, बालबालिका र सर्वसाधारणलाई आवतजावतका लागि सजिलो हुनाका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमा ज्यान गुमाउनुसमेत नपर्ने भन्दै स्थानीय उपभोक्त हर्षित भएका छन् । 

जिल्लाको धेरै खोलाहरु र नदिमा पुल निर्माण हुन थाले पछि खोला तर्नसमेत सजिलो हुने सर्वसाधारण बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति