कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातारको आन्दोलनले सालझण्डी–ढोरपाटन सडकको काम ठप्प

१ पुष २०७३, शुक्रबार ०२:४३


कृष्ण कँडेल | पुस १, बागलुङ | संविधान संसोधन विधेयकमा प्रदेश नम्बर–५ लाई टुक्राईएको विरोधमा भईरहेको आन्दोलनका कारण राष्ट्रिय गौरबको आयोजना सालझण्डी–ढोरपाटन सडक निर्माको काम ठप्प भएको छ । 

गत बर्ष भुकम्प तथा नाकावन्दीकाले प्रभावित भएको काम बर्षा र चाडपर्व सकिएपछि भर्खर सुरु भएको थियो । ‘हिउँदको समय विकास आयोजनाको काम गर्ने उपयुक्त सिजन हो, अधिकांश काम यहि अबधिमा हुनेगर्छ ।’ सालझण्डी–अर्घाखाँचि–ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेश पौडेलले भने, ‘निर्माण व्यवसायी साईटमा आएर सडकको काम नियमित गरिहेको बेला भएको बन्दले तोकिएको लक्ष्य पुरा गर्न बाधा पर्ने भयो ।’  

आन्दोलनका कारण रुपन्देही, अर्घाखाँचि, पाल्पा र गुल्मी जिल्लामा पर्ने सडक खण्डको काम पुरै रोकिएको पौडेलले बताए । रुपन्देहिको सालझण्डीदेखि बागलुङ दर्लिङ गंगरेसम्मको १ सय ५ किलोमिटर सडक खण्ड डबल लेनमा चौडा गरि ग्राबेल गर्ने, टेवा पर्खाल लगाउने, नाली तथा पुल निर्माण गर्ने काम तिब्र रुपमा भईरहेको थियो । यो खण्डलाई ४ भागमा बाँडेर स्तरबृद्धि भईरहेकोमा चालु आर्थिक बर्ष भित्र १० मिटर चौडा सहित ग्राबेल गरि कच्चि नाली बनाउने लक्ष्य छ । 

गंगरेदेखि राजकुत हुदै देविस्थान सम्मको सडक स्तर बृद्धिका लागि डेण्डर आह्वान भएको छ भने बुर्तिबाङ ढोरपाटन खण्डको १० किलोमिटर सडक चालु आब भित्रै स्तरिकरण गर्न ठेक्का सम्झौता भईसकेको छ । अहिले भईरहेको काम गत बर्ष नै ठेक्का सम्झौता भई नसकिएको काम हो । यो सडकमा चालु बर्षका लागि २२ करोड बजेट रहेको र यो बजेटको काममा अपेक्षा अनुसार प्रगती भए पाँच करोड बजेट थप्न सकिने आयोजनाले जनाएको छ । 

आर्थिक बर्ष २०६६÷६७ देखि सुरु भएको १ सय ९० मिटर सडकको ६९/७० मा ट्रयाक खोल्ने कार्य पुरा  भएको थियो । गत आर्थिक बर्षमा तयार गरिएको सरकारको ५ बर्षे सडक गुरुयोजनामा यो सडकलाई पनि ५ बर्षभित्र कालोपत्रेका लागि पुर्वाधार तयारीको काम पुरा गर्ने लक्ष्य छ । नेपालको दक्षिणदेखि उत्तरसम्म फैलिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकले पर्यटकिय क्षेत्र लुम्बिनी र ढोरपाटनलाई जोड्ने उदेश्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु