ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी त"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिमेश्वर नगरपालिकामा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

१ पुष २०७३, शुक्रबार ०३:०३

ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरिय संवाद समितिका संयोजक बालकृष्ण कट्वालले एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमममा मन्तव्य राख्नुहुँदै सहायक प्रमुख जिल्ला अधिककारी कट्वालले मेलमिलापले कानुनी मान्यता पाईसकेकोले मेलमिलाप कार्यक्रमको प्रबद्र्धन गरी नागरिकहरुलाई लाभ दिलाउनु स्थानिय निकायहरुको कर्तव्य भएको बताउनुभयो । सामुदायिक मेलमिलाप केन्द्र भिमेश्वर नगरपालिकाका संयोजक स्टालिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा जिल्लामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला संयोजक ताराबहादुर महतले जिल्लामा सामुदायिक मेलमिलापको अवस्था, आवश्यकता र महत्वको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरिक्षक ललन प्रसाद कुर्मी, भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर वि.क, सामाजिक विकास अधिकृत ज्ञानुकुमार खड्का, प्रशासकिय अधिकृत माधव सुवेदी, दोलखा जिल्ला अदालतका प्रतिनिधि अर्जुन प्रसाद रिमाल, जिल्लस्थित विभिन्न सञ्चार माध्यमका पत्रकार, मेलमिलापकर्ता, स्थानिय नागरिक लगायतको उपस्थिती रहेको थियो ।

यो सँगै जिल्लामा  सामुदायिक मेलमिलाप केन्द्रको संख्या ४५ पुगेको छ । जिल्लाका बाँकी  ४ गाविस र जिरी नगरपालिका पनि केन्द्र उद्घाटनको तयारी भईरहेको संस्थाले जजाएको छ । सन् २०१५ को सेप्टेम्बर महिनाबाट स्थानिय निकायकोसँगको सहकार्य र द एसिया फउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दोलखा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको संस्थाले जनाएको छ । संस्थाका अनुसार हालसम्म दोलखामा ३ सय जनाभन्दा बढी मेलमिलापकर्ताहरुले मेलमिलाप सम्बन्धि तालिम प्राप्त गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली