ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी त"/>
२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भिमेश्वर नगरपालिकामा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन

२०७३, १ पुष शुक्रबार ०३:०३

ताराबहादुर महत । पुस १, दोलखा | दोलखाको भिमेश्वर नगरपालिकामा बिहीबार (हिजो) सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरिय संवाद समितिका संयोजक बालकृष्ण कट्वालले एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमममा मन्तव्य राख्नुहुँदै सहायक प्रमुख जिल्ला अधिककारी कट्वालले मेलमिलापले कानुनी मान्यता पाईसकेकोले मेलमिलाप कार्यक्रमको प्रबद्र्धन गरी नागरिकहरुलाई लाभ दिलाउनु स्थानिय निकायहरुको कर्तव्य भएको बताउनुभयो । सामुदायिक मेलमिलाप केन्द्र भिमेश्वर नगरपालिकाका संयोजक स्टालिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा जिल्लामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमका जिल्ला संयोजक ताराबहादुर महतले जिल्लामा सामुदायिक मेलमिलापको अवस्था, आवश्यकता र महत्वको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरिक्षक ललन प्रसाद कुर्मी, भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर वि.क, सामाजिक विकास अधिकृत ज्ञानुकुमार खड्का, प्रशासकिय अधिकृत माधव सुवेदी, दोलखा जिल्ला अदालतका प्रतिनिधि अर्जुन प्रसाद रिमाल, जिल्लस्थित विभिन्न सञ्चार माध्यमका पत्रकार, मेलमिलापकर्ता, स्थानिय नागरिक लगायतको उपस्थिती रहेको थियो ।

यो सँगै जिल्लामा  सामुदायिक मेलमिलाप केन्द्रको संख्या ४५ पुगेको छ । जिल्लाका बाँकी  ४ गाविस र जिरी नगरपालिका पनि केन्द्र उद्घाटनको तयारी भईरहेको संस्थाले जजाएको छ । सन् २०१५ को सेप्टेम्बर महिनाबाट स्थानिय निकायकोसँगको सहकार्य र द एसिया फउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दोलखा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको संस्थाले जनाएको छ । संस्थाका अनुसार हालसम्म दोलखामा ३ सय जनाभन्दा बढी मेलमिलापकर्ताहरुले मेलमिलाप सम्बन्धि तालिम प्राप्त गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो