२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पत्रकार महासङ्घ उदयपुरको भवन निर्माण

२०७३, १ पुष शुक्रबार ०५:१९

गाईघाट (उदयपुर), १ पुस । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको आफ्नै भवन निर्माण भएको छ । 

विसं २०६७ बाट निर्माण सुरु भई गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको उक्त एकतले भवनमा चारवटा कोठा र एक कार्यक्रम र समाचार तथा सूचना कक्ष रहेको छ । भवन निर्माणका लागि जिविस उदयपुरले डेढ कट्ठा जग्गा उपलब्ध गराएको थियो । 

करिब रु १८ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा भवन निर्माण भएको सङ्घका सचिव भोटराज राईले बताउनुभयो । 

उक्त भवनको एक औपचारिक कार्यक्रमबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार उद्घाटन गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति