पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केही बर्ष भित्रै रामेछाप पुर्ण बिद्युतीकरणः सांसद श्रेष्ठ

२०७३, ३ पुष आईतवार ११:२५

पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो पहलमा उर्जा मन्त्रालयबाट १ अर्ब ३० कराडको टेन्डर आह्वान समेत भईसकेको उहाँले जानकारी दिनुभयाे । सदरमुकाम मन्थलीमा अाईतबार एक संचारमाध्यममा अन्तर्वार्ता दिदै सांसद श्रेष्ठले खिम्ती हाईड्रोपावरको बिजुली अब रामेछाप प्रसारण लाईनमा जोड्न आफुले उर्जा मन्त्री जनार्दन शर्मा सँग आग्रह गरेको र यस बिषयमा मन्त्री शर्मा सकरात्मक रहेको जानकारी गराउनुभयाे ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत रामेछापको निर्वाचन क्षेत्र नम्वर २ का लागी आएको ३ करोड बजेट भर्खरै आफुले बिभिन्न क्षेत्रमा बिनियोजन गरेको बताउदै उहाँले भन्नुभयाे -" जिल्लाका सम्पुर्ण जनता प्रत्यक्ष लाभान्वति हुने बिकास निर्माण र बिद्यालयहरुमा बजेट बिनीयोजन भएको छ, यस आर्थिक बर्षमा छुटेका क्षेत्रहरु अर्काे आर्थिक बर्षको पहिलो प्राथमिकता दिईनेछ । आफु रामेछाप क्षेत्र नम्बर २ को निर्वाचीत सांसद भएपनि समग्र रामेछापको बिकास निर्माणको कार्यमा आफ्नो क्षेत्रबाट अहोरात्र खटिरहेको उहाँले बताउनु भयो ।

एक अर्काे प्रसंगमा सांसद श्रेष्ठले नेकपा एमालेले निरन्तर संसद अबरुद्ध गरेर कच्चा राजनितीक प्रबृती देखाएको बताउनुभयो । उहाँले भन्नुभयाे -" एमालेकै कारण लोकमान सिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताब लगायतको महत्वपुर्ण बिधेयकहरु रोकिएको छ ।" एमाले अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री भएका बेला नै सहमति भएको सिमांकन लगायतको संबिधान संसोधन प्रस्तावलाई बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्याउदा कसरी राष्ट्रघाती भयो ? उहाँले प्रश्न गर्नुभयो । बर्तमान संबिधान संसोधन प्रस्ताव स्थानिय तहको निर्वाचनको बिषयसँग जोडिएको उहाँले दाबि गर्नुभयो  ।

पत्रकार नारायण श्रेष्ठकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति