पुस ४, सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक किलो नुनको मूल्य रु १८०

४ पुष २०७३, सोमबार ०४:२८

पुस ४, सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् । 

यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ । फोर्चेका आङ छिरिङ शेर्पा भन्नुहुन्छ, हाम्रो बाध्यता नै हो, काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ । सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकोप्टरमा स्याङबोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पुर्याइन्छ । अथवा सल्लेरीबाट खच्चरले पनि स्याङबोचेसम्म पुर्याउँछन् । फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार प्राय सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन् । सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । 

यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् । महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से