२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन करोड ५० लाखका ४७ योजना सार्वजनिक

२०७३, ४ पुष सोमबार ११:०३

पुस ४, पोखरा । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु तीन करोड ५० लाखको ४७ वटा योजना आज यहाँ सार्वजनिक गर्नुभएको छ । 

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३/७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गर्नुभएको हो । 

सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु तीन करोड रकममध्ये फेवाताल संरक्षणका लागि रु ५० हजार छुट्याएको जानकारी दिँदै उहाँले पोखरा उपमहानगरपालिकाबाट रु ५० हजार र विभिन्न सङ्घसंस्थाबाट रु ५० हजार गरी कुल रु एक करोड ५० लाखको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिनुभयो । 

त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि रु १० लाख विनियोजन गरिएको छ । 

क्षेत्रगत रुपमा विभिन्न चरणमा छलफल एवम् प्राविधिक सहयोग र विवादरहित उपभोक्ता समितिका आधारमा योजना छनोट गरिएको बताउँदै उहाँले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ वटा र क्षेत्र विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना रहेका छन् भन्नुभयो । 

यसैगरी नगरपालिकामा थप भएका वडालाई प्राथमिकता दिइएको, सडक नाला निर्माण १३ वटा योजनाका लागि रु एक करोड ३७ लाख, खानेपानीतर्पm पाँच योजनाका लागि रु ५० लाख र छवटा भवन निर्माणका लागि रु ६३ लाख विनियोजन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति