२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेपलाञ्चोकका विभिन्न गाविसमा १२ वटा स्वास्थ्य चौकी निर्माण हुने

२०७३, ४ पुष सोमबार ११:०९

पुस ४, बनेपा । भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न गाविसमा १२ वटा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् । 

जिल्लाको महेन्द्रज्योति, रविओपी, खरेलथोक, ज्याम्दी, चण्डेनीमण्डन, पोखरीचौरी, सानोबाङ्थली, गोठपानी, वाल्टिङ बनखु र फलामेटार गाविसमा त्यस्ता स्वास्थ्य चौकी निर्माण हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यी गाविसमध्ये महाभारत शृङ्खला डाँडापारिका केही र कोशीपारिका केही गाविस दुर्गम क्षेत्र मानिन्छन् । 

कर्मचारी आवाससहितका ती स्वास्थ्य चौकीमा, प्रसूति कक्ष, फार्मेसी कक्ष, उपचार कक्ष, बर्थिङ सेन्टरलगायतका कक्ष हुने र त्यसबाट बिरामीलाई सेवा दिइनेछ । सबै स्वास्थ्य चौकीमा नेपाल रेडक्रस सोसाइटीले रु तीन लाख बराबरको विभिन्न उपकरणसमेत प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि शेरबहादुर कार्कीले जानकारी दिनुभयो । 

डेनिस रेडक्रस, कोरियन रेडक्रसको आर्थिक सहयोगमा निर्माण हुन लागेको एउटा स्वास्थ्य चौकीमा रु ७० लाखदेखि झन्डै रु एक करोड हाराहारीमा लगानी रहेको बताइएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले स्वास्थ्य क्षेत्रमा सरकारको मात्रै मुख ताकेर बस्न नहुनेमा जोड दिँदै विभिन्न सङ्घसंस्थाको सहयोगमा भए पनि जनताले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । 

सोसाइटीका शेरबहादुर कार्कीले भूकम्पबाट प्रभावित जिल्लालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोकका सभापति रघुवर चौप्रधानले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापनाका लागि स्वास्थ्य चौकी निर्माण थालिएको बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति