२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेपलाञ्चोकका विभिन्न गाविसमा १२ वटा स्वास्थ्य चौकी निर्माण हुने

४ पुष २०७३, सोमबार ११:०९

पुस ४, बनेपा । भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न गाविसमा १२ वटा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् । 

जिल्लाको महेन्द्रज्योति, रविओपी, खरेलथोक, ज्याम्दी, चण्डेनीमण्डन, पोखरीचौरी, सानोबाङ्थली, गोठपानी, वाल्टिङ बनखु र फलामेटार गाविसमा त्यस्ता स्वास्थ्य चौकी निर्माण हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यी गाविसमध्ये महाभारत शृङ्खला डाँडापारिका केही र कोशीपारिका केही गाविस दुर्गम क्षेत्र मानिन्छन् । 

कर्मचारी आवाससहितका ती स्वास्थ्य चौकीमा, प्रसूति कक्ष, फार्मेसी कक्ष, उपचार कक्ष, बर्थिङ सेन्टरलगायतका कक्ष हुने र त्यसबाट बिरामीलाई सेवा दिइनेछ । सबै स्वास्थ्य चौकीमा नेपाल रेडक्रस सोसाइटीले रु तीन लाख बराबरको विभिन्न उपकरणसमेत प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि शेरबहादुर कार्कीले जानकारी दिनुभयो । 

डेनिस रेडक्रस, कोरियन रेडक्रसको आर्थिक सहयोगमा निर्माण हुन लागेको एउटा स्वास्थ्य चौकीमा रु ७० लाखदेखि झन्डै रु एक करोड हाराहारीमा लगानी रहेको बताइएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले स्वास्थ्य क्षेत्रमा सरकारको मात्रै मुख ताकेर बस्न नहुनेमा जोड दिँदै विभिन्न सङ्घसंस्थाको सहयोगमा भए पनि जनताले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । 

सोसाइटीका शेरबहादुर कार्कीले भूकम्पबाट प्रभावित जिल्लालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालनमा आएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोकका सभापति रघुवर चौप्रधानले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापनाका लागि स्वास्थ्य चौकी निर्माण थालिएको बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव