पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/>
११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्रबिसेदेखि तातोपानीसम्म सडक खुले पनि नाका अझै खुलेन

५ पुष २०७३, मंगलवार ०४:०९

पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । 

चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका खुलाउन सकिने चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । 

चिनिया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने प्रजिअ सिल्वालले बताउनुभयो । 

भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ । 

कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ । जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, ¥यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो । 

अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइनसकेको इन्जिनियर पन्थीको भनाइ छ । 

सडक पुनःनिर्माण भएसँगै राजधानीबाट यात्रुबस चल्न थालेपछि तातोपानी धारामा स्नान गर्नेको सङ्ख्यामा वृद्धि हुन थालेको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्कन थालेको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो