मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाई गरेपछि आँउछ नवलपरासीको नहरमा पानी

५ पुष २०७३, मंगलवार १२:५१


मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण्ड अन्तर्गत पर्ने नवलपरासीको विभिन्न नहर,साखा नहर, माईनर नहर, मुल कुलो लगायतमा सिँचाई गर्न सुरु भएको १ महिना पछि पानी खोलीएको हो ।

नवलपरासी जिल्लाको १९ वटा गाविसहरु नहर कमाण्ड अन्तर्गतको सिंचित क्षेत्र अन्तर्गत पर्दछ भने जिल्लामा ३ वटा साखा , ७ वटा माईनर मुलो कुलो २६ वटा र सहायक कुलो १ सय ६२ वटा रहेका छन् । नवलपरासीको त्रिवेणि देखि सनई गाविस सम्म फैलिएको उक्त नहरमा अहिले पानी खोलीएपनि करिब ७५ प्रतिशत किसानहरु गँहुमा सिँचाई गरि सकेका छन् । ४ बिगहामा गँहु खेति गरेका बडहरा दुबौलिया वडा नम्बर १ बडसारका ब्यवसायिक कृषक एंव नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका बदरुल हक खानले आफनो सबै खेती सिँचित क्षेत्र अन्तर्गत रहेपनि नहरको पानी समयमा नआँउदा जहिले पनि बोरिङ्गले सिँचाई गर्ने गरेको बताउनु भयो । तर नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले भारतीय पक्षले समयमा भारतीय नहरको पानी मेन्टेन नगरेकाले नहरमा पानी खोल्न ढिलाई भएको बताउनु भयो ।

नहर नेपालमा रहेपनि नहरको कुनैपनी कार्यमा भारतको बस चल्ने भएकाले नेपाली नहर १ महिना अघिनै सरसफाई गरि तयारी गरिएपनि ढिलाई गरि पानी खोलीएको उँहाले बताउनु भयो । सो नहरहरुमा धान रोपाईको बेलापनि पानी ढिला गरिनै खोल्ने गरिएको किसानहरुको गुनासो गरेका छन् । जिल्लाको कुल क्षेत्रफलको ८ हजार ७ सय हेक्टर क्षेत्रफल नहर कमाण्डको सिँचित क्षेत्र अन्तर्गत पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता