मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाई गरेपछि आँउछ नवलपरासीको नहरमा पानी

२०७३, ५ पुष मंगलवार १२:५१


मोहम्मद ईजहार शेष | पुस ५, परासी । यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा  पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणि कमाण्ड अन्तर्गत पर्ने नवलपरासीको विभिन्न नहर,साखा नहर, माईनर नहर, मुल कुलो लगायतमा सिँचाई गर्न सुरु भएको १ महिना पछि पानी खोलीएको हो ।

नवलपरासी जिल्लाको १९ वटा गाविसहरु नहर कमाण्ड अन्तर्गतको सिंचित क्षेत्र अन्तर्गत पर्दछ भने जिल्लामा ३ वटा साखा , ७ वटा माईनर मुलो कुलो २६ वटा र सहायक कुलो १ सय ६२ वटा रहेका छन् । नवलपरासीको त्रिवेणि देखि सनई गाविस सम्म फैलिएको उक्त नहरमा अहिले पानी खोलीएपनि करिब ७५ प्रतिशत किसानहरु गँहुमा सिँचाई गरि सकेका छन् । ४ बिगहामा गँहु खेति गरेका बडहरा दुबौलिया वडा नम्बर १ बडसारका ब्यवसायिक कृषक एंव नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका बदरुल हक खानले आफनो सबै खेती सिँचित क्षेत्र अन्तर्गत रहेपनि नहरको पानी समयमा नआँउदा जहिले पनि बोरिङ्गले सिँचाई गर्ने गरेको बताउनु भयो । तर नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले भारतीय पक्षले समयमा भारतीय नहरको पानी मेन्टेन नगरेकाले नहरमा पानी खोल्न ढिलाई भएको बताउनु भयो ।

नहर नेपालमा रहेपनि नहरको कुनैपनी कार्यमा भारतको बस चल्ने भएकाले नेपाली नहर १ महिना अघिनै सरसफाई गरि तयारी गरिएपनि ढिलाई गरि पानी खोलीएको उँहाले बताउनु भयो । सो नहरहरुमा धान रोपाईको बेलापनि पानी ढिला गरिनै खोल्ने गरिएको किसानहरुको गुनासो गरेका छन् । जिल्लाको कुल क्षेत्रफलको ८ हजार ७ सय हेक्टर क्षेत्रफल नहर कमाण्डको सिँचित क्षेत्र अन्तर्गत पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति