पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर"/>
पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापानबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सुरुङमार्ग बन्ने विश्वास गरिएको हो ।
नेपाल सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ सचिव डा. शान्तराज सुवेदी र जापानी राजदूत मासामी ओगावाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नागढुंगा र नौबिसेलाई २.५ किलोमिटर लम्बाइको सुरुङबाट जोड्ने परियोजना निर्माणका लागि अर्थ मन्त्रालय र जापानी सहयोग संस्था जाइकाबीच ऋण सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको पुरानो विकास साझेदार मुलुक जापानले उक्त परियोजनाका लागि १८ अर्ब नेपाली रुपयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ ।
सम्झौतापछि अब उक्त परियोजना निर्माणको औपचारिक काम भने सन् २०१९ मध्यदेखि सुरु हुनेछ । करिब साढे तीन बर्षमा परियोजना निर्माण सम्पन्न हुने विश्वास लिइएको जापानी सहयोग संस्था जाइकाका अधिकारीले विश्वास लिएका छन्।
माथीको तश्विरमा: उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरपछि साटासाट गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस