पुस ८, काठमाडौँ । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ ।

आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौँ । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ ।

आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको पानी कलङ्की, स्वयम्भू र महाराजगन्जमा वितरण नगरिने

८ पुष २०७३, शुक्रबार ११:१३

पुस ८, काठमाडौँ । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ ।

आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

चक्रपथभित्रको केही भागमा बजेट अभाव हुँदा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए ।

“नयाँ सञ्जाल निर्माण गर्न नसकिए पनि यी स्थानमा पुरानो वितरण प्रणालीबाट पानी वितरण गरिन्छ, नयाँ सञ्जाल निर्माणका लागि पनि केही महिनामा ठेक्का आह्वान हुँदैछ, दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइन्छ”–उनले भने ।

चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ। कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलपत्र आह्वान हुँदैछ । 

यी क्षेत्रमा पनि दुई वर्षमै पाइप बिच्छ्याएर पानी वितरण गरिने निर्देशनालयले जनाएको छ । विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याई पानी वितरण गर्ने योजना छ । त्यसबेलासम्म २४ घन्टा नै पानी वितरण गर्ने गरी गृहकार्य भइरहेको प्रवक्ता ढकालले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव