‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार मेलामा ३६ देशका उत्पादन

८ पुष २०७३, शुक्रबार १५:४७

पुस ८, बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा १७ औँ व्यापार मेला सुरु भएको छ । 


‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुख्य नाराका साथ आजदेखि सुरु भएको मेला यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, मोटरगाडी व्यवसाय, वैकल्पिक ऊर्जा लगायत छुट्टाछुट्टै मण्डप बनाइएको छ । मेलामा ५४० कक्ष दर्ता भएका छन् । मत्स्य क्षेत्र घोषणा भएको रुपन्देही जिल्लाको पहिचानका लागि माछा र त्यसका परिकारसम्बन्धी कक्ष पनि छन् । महोत्सवमा स्वदेशका ३५ जिल्लाका र ३५ देशका उत्पादन राखिएको छ । दैनिक रुपमा पर्यटन, कृषि, उद्योग, बजारीकरण, कृषि उत्पादन लगायत बारेमा परामर्श तथा छलफल कार्यक्रम पनि राखिएको छ । 

मेलाको रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्दै हामी सबैको पहिलो काम मुलुकको राष्ट्रिय अखण्डता जोगाउने र संविधान कार्यान्वयन गर्ने रहेको बताउँदै हिमाल, पहाड र तराईलाई सकेसम्म मिलाएर लैजानु सबैको कर्तव्य रहेको बताउनुभयो । 

कसैले पनि राष्ट्रियतामाथिको भावनामा आघात पुर्याउन नहुने र संशोधन प्रस्ताव आउँदा संसद् अवरुद्ध गर्नु नहुने बताउँदै उहाँले भन्नुभयो, “असन्तुष्ट मधेसी दललाई मिलाएर लैजानु जरुरी छ ।” उहाँले लुम्बिनी प्रदेशलाई प्राकृतिक साधनस्रोतले सम्पन्न बनाउन यस क्षेत्रका जनप्रतिनिधिको प्रयत्नमा पहाडदेखि तराईसम्मका जिल्ला समेटेर अहिलेको ५ नं प्रदेशको प्रस्ताव गरिएको बताउनुभयो । 

कार्यक्रममा सांसद अब्दुल रज्जाकले निर्वाचन र संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्तावले समाधान पाउँछ भनेर आफूहरु त्यसका पक्षमा उभिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई नाफामुखी मात्र होइन राष्ट्र विकासको सहयात्रीका रुपमा राज्यले व्यवहार गर्नुपर्ने आग्रह गर्नुभयो । 

मेला आकर्षणका लागि रोजगार परामर्शका लागिसमेत छुट्टै मण्डप बनाएर स्वदेश तथा विदेशमा प्राप्त हुने तालिम र रोजगारीको अवसरबारे जानकारी गराइने मेला संयोजक तथा आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध