‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार मेलामा ३६ देशका उत्पादन

२०७३, ८ पुष शुक्रबार १५:४७

पुस ८, बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा १७ औँ व्यापार मेला सुरु भएको छ । 


‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुख्य नाराका साथ आजदेखि सुरु भएको मेला यही पुस २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादन, मोटरगाडी व्यवसाय, वैकल्पिक ऊर्जा लगायत छुट्टाछुट्टै मण्डप बनाइएको छ । मेलामा ५४० कक्ष दर्ता भएका छन् । मत्स्य क्षेत्र घोषणा भएको रुपन्देही जिल्लाको पहिचानका लागि माछा र त्यसका परिकारसम्बन्धी कक्ष पनि छन् । महोत्सवमा स्वदेशका ३५ जिल्लाका र ३५ देशका उत्पादन राखिएको छ । दैनिक रुपमा पर्यटन, कृषि, उद्योग, बजारीकरण, कृषि उत्पादन लगायत बारेमा परामर्श तथा छलफल कार्यक्रम पनि राखिएको छ । 

मेलाको रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्दै हामी सबैको पहिलो काम मुलुकको राष्ट्रिय अखण्डता जोगाउने र संविधान कार्यान्वयन गर्ने रहेको बताउँदै हिमाल, पहाड र तराईलाई सकेसम्म मिलाएर लैजानु सबैको कर्तव्य रहेको बताउनुभयो । 

कसैले पनि राष्ट्रियतामाथिको भावनामा आघात पुर्याउन नहुने र संशोधन प्रस्ताव आउँदा संसद् अवरुद्ध गर्नु नहुने बताउँदै उहाँले भन्नुभयो, “असन्तुष्ट मधेसी दललाई मिलाएर लैजानु जरुरी छ ।” उहाँले लुम्बिनी प्रदेशलाई प्राकृतिक साधनस्रोतले सम्पन्न बनाउन यस क्षेत्रका जनप्रतिनिधिको प्रयत्नमा पहाडदेखि तराईसम्मका जिल्ला समेटेर अहिलेको ५ नं प्रदेशको प्रस्ताव गरिएको बताउनुभयो । 

कार्यक्रममा सांसद अब्दुल रज्जाकले निर्वाचन र संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्तावले समाधान पाउँछ भनेर आफूहरु त्यसका पक्षमा उभिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई नाफामुखी मात्र होइन राष्ट्र विकासको सहयात्रीका रुपमा राज्यले व्यवहार गर्नुपर्ने आग्रह गर्नुभयो । 

मेला आकर्षणका लागि रोजगार परामर्शका लागिसमेत छुट्टै मण्डप बनाएर स्वदेश तथा विदेशमा प्राप्त हुने तालिम र रोजगारीको अवसरबारे जानकारी गराइने मेला संयोजक तथा आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति