११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवौँ गोरखा महोत्सव सुरु (फोटो फिचर)

८ पुष २०७३, शुक्रबार १६:२९

पुस ८, गोरखा । हरमटारीस्थित खेलकुद मैदानमा आजदेखि नवौँ गोरखा महोत्सव सुरु भएको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्दै गोरखा–आँबुखैरेनी सडकको दायाँबायाँ २५ मिको सट्टा १५ मि लागु गर्न, मनास्लु पदमार्ग पुनःनिर्माण गरी व्यवस्थित बनाउन तथा बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित बासिन्दालाई तत्काल मुआब्जा वितरण गरी केही महिनामा आयोजनाको शिलान्यास गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्माले देशभर विद्युत्भार कटौतीमुक्त क्षेत्र बनाउने अभियान जारी रहने बताउनुभयो । 

गोरखामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा कृषि र तस्बिर प्रदर्शनी तथा खाना उत्सव पनि गरिएको छ । महोत्सवमा ८५ कक्ष छन् । उद्घाटनका अवसरमा बिनाअक्सिजन चोयूलगायत हिमाल आरोहण गरेकी उत्तरी गोरखा, छेकम्पार–५ की फुन्जो लामालाई सम्मान गरिएको थियो । रासस 

तश्विर: मनोज पराजुली / साझासबाल/ गोरखा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह