नवलपरासी, १० पुस ।  नवलपरासीबाट निर्वाचित सांसदहरुले  सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधामन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासी, १० पुस ।  नवलपरासीबाट निर्वाचित सांसदहरुले  सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधामन्त"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीका सांसदहरुले उखुको बिषयमा कुरा गर्न देउवालाई भेटे

२०७३, १० पुष आईतवार ०८:५३

नवलपरासी, १० पुस ।  नवलपरासीबाट निर्वाचित सांसदहरुले  सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् ।

समयमै उखुको मुल्य निर्धारण हुन नसक्दा उखु किसानहरु मर्कामा परेको जनाउदै सांसद बिक्रम खनाल र देवकरण प्रसाद कलवार सहितको टोलीले आफ्ना पार्टी सभापति एवंम् पुर्व प्रधामन्त्री देउवा समक्ष भेटघाट गरेका हुन् ।  

सो क्रममा पार्टी सभापति देउवा संग आफुहरुले तत्काल उखुको सरकारले मुल्य निर्धारण नगर्दा किसानहरु निकै समस्यामा पर्ने हुदा यसलाई तत्काल समस्या समाधान गर्न माग गरिएको छलफलमा सहभागी नेपाली कांग्रेसका नेता एवम् नवलपरासी निर्वाचन क्षेत्र न. ६का सांसद देवकरण प्रसाद कलवारले बताउनुभयो । 

सो क्रममा पार्टी सभापति देउवाले तत्काल उद्योगमन्त्रीलाई निर्देशन दिएर अर्थ मन्त्रालय संग समन्वय गरी उखुको सरकारकाले मुल्य निर्धारण गर्ने आफुहरुलाई आस्वासन दिएको छलफलमा सहभागी नेपाली कांग्रेसका नेता एवम् नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद बिक्रम खनालले बताउनुभयो । 

यसैबिच उद्योगमन्त्री  नबिन्द्रराज जोशीलाई समेत भेटेर सांसदद्धयको टोलीले  उखुको मुल्य तत्काल निर्धारण गर्न सरकारले पहल गर्नेपर्ने बारेमा छलफल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति