२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रामीण क्षेत्रका दुई पुलको शिलान्यास

२०७३, ११ पुष सोमबार ०२:३२

पुस ११, रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा आइतबार दुईवटा पुलको शिलान्यास गरिएको छ । 

देवदह नगरपालिका केरवानी र नवलपरासीको सुनवल उखुबारी जोड्ने कजहरार नदीमा र देवदह–३ वसन्तपुर र तिलोत्तमा नगरपालिका–१५ भाटा जोड्ने रोहिणी खोला पुलको नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले शिलान्यास गर्नुभयो । ती पुल जिल्लाको ग्रामीण क्षेत्रमा पर्दछन् । 

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटा बजार जोड्ने रोहिणी खोला पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ भने निर्माण कम्पनीले रु १० करोड एक लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता पनि गरेको छ । 

पुल १२० मिटर लम्बाइको पुल र तटबन्ध निर्माण भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै नदी कटान नियन्त्रण हँुदा खेत र बस्ती सुरक्षित हुने विश्वासले स्थानीय निकै उत्साहित भएका छन् । 

यस्तै उता देवदहको केरवानी र नवलपरासी सुनवलको उखुबारी जोड्ने ४२ मिटर लामो कजरार नदी पुल अबको दुई वर्षमा निर्माण हुने सम्झौता भएको छ । मैनाचुली सत्यसाई अन्जना जेभीले रु सात करोड ४२ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति