२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुर दामाचौर पुल निर्माण अलपत्र

११ पुष २०७३, सोमबार ०२:५३

पुस ११, पाल्पा । कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । 

पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका कारणबीचमै रोकिएको हो । 

इलाइट एस बिए जेभी कम्पनीले आव २०६७/०६८ मा रु १५ करोड ६८ लाखको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । पुल निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा जमिनको सतहदेखि सात मिटरको गहिराइमा चट्टानसहितको ढुङ्गा आएपछि काम रोकिएको ठेकेदार रमण थापाले बताउनुभयो । 

“माटो खन्ने क्रममा ढुङ्गा आएपछि काम गर्न सकिएन, मन्त्रालयको अनुमति बिना कम्पनी आफैँले डिजाइन परिवर्तन गर्न नपाइने भएकाले निर्माण कार्य रोकिएको छ” उहाँले भन्नुभयो । मन्त्रालयबाट अब छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत हुने क्रममा रहेको र स्वीकृत भएपछि निर्माण कार्य अगाडि बढ्ने कम्पनीका ठेकेदार थापाले जानकारी दिनुभयो । 

सो पुलको लम्बाइ १८१ मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको हो । यहाँ शिलान्यास भएको लामो समय सम्म पुल निर्माणका काम अगाडि नबढ्दा पुल बन्छ या बन्दैन भन्ने स्थानीयमा अन्यौलता छाएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो । 

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका सहित मित्याल, झिरुवास, बाकामलाङ, सिलुवा, सहलकोट, गल्धा, नवलपरासीको डेढगाउँ, रकुवा, रुचाङ, तनहुँको गजरकोट, स्याङ्जाको चापाकोट, वालिङ, गल्याङ, केवरेभन्ज्याङ, पकवादी, साँखर, सेखामलगायतका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु