२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुर दामाचौर पुल निर्माण अलपत्र

२०७३, ११ पुष सोमबार ०२:५३

पुस ११, पाल्पा । कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । 

पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका कारणबीचमै रोकिएको हो । 

इलाइट एस बिए जेभी कम्पनीले आव २०६७/०६८ मा रु १५ करोड ६८ लाखको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । पुल निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा जमिनको सतहदेखि सात मिटरको गहिराइमा चट्टानसहितको ढुङ्गा आएपछि काम रोकिएको ठेकेदार रमण थापाले बताउनुभयो । 

“माटो खन्ने क्रममा ढुङ्गा आएपछि काम गर्न सकिएन, मन्त्रालयको अनुमति बिना कम्पनी आफैँले डिजाइन परिवर्तन गर्न नपाइने भएकाले निर्माण कार्य रोकिएको छ” उहाँले भन्नुभयो । मन्त्रालयबाट अब छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत हुने क्रममा रहेको र स्वीकृत भएपछि निर्माण कार्य अगाडि बढ्ने कम्पनीका ठेकेदार थापाले जानकारी दिनुभयो । 

सो पुलको लम्बाइ १८१ मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको हो । यहाँ शिलान्यास भएको लामो समय सम्म पुल निर्माणका काम अगाडि नबढ्दा पुल बन्छ या बन्दैन भन्ने स्थानीयमा अन्यौलता छाएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो । 

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका सहित मित्याल, झिरुवास, बाकामलाङ, सिलुवा, सहलकोट, गल्धा, नवलपरासीको डेढगाउँ, रकुवा, रुचाङ, तनहुँको गजरकोट, स्याङ्जाको चापाकोट, वालिङ, गल्याङ, केवरेभन्ज्याङ, पकवादी, साँखर, सेखामलगायतका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति