पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानका"/>
२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

पाँचौं पर्वत महोत्सवको अन्तिम तयारीमा जुट्दै

११ पुष २०७३, सोमबार ०५:२३

पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानकारी दिएको हो । 

विगत वर्ष झै जिल्लाको पर्यटन, कृषि, लघु तथा घरेलु उद्यमको प्रचारप्रसार गर्न आयोजना गर्न लागिएको महोत्सवमा यसपालि प्राग्लाईडिङ, ¥याफ्टिङ, अष्ट्रिज प्रदर्शनी जस्ता नयाँ प्याकेज समाबेश गरिएको     छ । 

विगतमा हुने गरेका महोत्सवभन्दा यसपालि थप आकर्षक प्याकेज समाबेश गरिएकाले यसपालिको महोत्सव  एतिहासिक हुने आयोेजकको दावी छ । माघ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ लाख अवलोकन कर्ता भित्राउने अपेक्षा गरिएको छ भने महोत्सव अवधिभर ४ करोडको हाराहारीमा कारोवार हुने जनाइएको छ । हरेक ३÷३ वर्षमा आयोजना हुने महोत्सव खत्रीटोलमा आयोजना गरिने तय भएको छ ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवर्दन गर्न, यहाँका धार्मिक स्थलहरुको पहिचान वढाउन, पर्वतमा उत्पादन हुने वस्तुहरुको प्रचार, लोक संस्कृतिको संरक्षण गर्न पनि महोत्सव फलदायी हुने बताए । 

उनले महोत्सवलाई साझा उत्सवका रुपमा मनाउन लागिएको बताए । उद्योग वाणिज्य संघका महासचिव ठाकुर वि पौडेलले महोत्सव आउन २ महिना अगाडी देखि नै तयारी थालिएकाले महोत्सव व्यापक हुने अनुमान गरे । उनले यसपालि नयाँ प्याकेज समेत थप गरिएकाले विगत भन्दा फरक छाप छोड्ने तयारीमा रहेको बताए । पौडेलले जनजातीहरुका झाँकि, पुरुष भलिवल, विद्यालय स्तरिय लोकनृत्य, रत्यौली प्रतियोगिता, रमाईलो मेला, वालउद्यान, खुल्ला दौड, साहित्यिक प्रतियोगिता, राष्ट्रिय खानाका परिकार जस्ता कार्यक्रम पनि महोत्सवका आकर्षण रहेको बताए । पर्वत जिल्लामा वनेका मानव निर्मित अग्ला झोलुङगेपुल, यान्त्रिक पुल, गुप्तेश्वर अलपेश्वर, मोदीवेनी जस्ता धार्मिक स्थलको भ्रमण सम्बन्धि प्याकेज समेत महोत्सवमा समेटिने जनाइएको छ । त्यस्तै कृषि प्रदर्शनी, लघु तथा घरेलु उद्यमहरुको प्रदर्शनी एवं विक्रि लगायतका कार्यक्रम विगत जस्तै यसपालि पनि रहने छन् । 

पर्वत उद्योग वाणिज्य संघले आज पदाधिकारी, महोत्सव सम्पन्न गर्न गठित विभिन्न समिति तथा उपसमितिका संयोजकहरु, पूर्व अध्यक्षहरु, पत्रकारहरु सम्मिलित वैठकमा तयारीको वारेमा जानकारी दिएको हो । महोत्सवको तयारी र व्यवस्थापनका बारेमा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष लक्ष्मीकान्त आचार्य, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बालेका थियो । वैठकले सबै सञ्चार माध्यमलाई मिडिया सहयोगीको रुपमा लिएर प्रचारप्रसारको जिम्मा समेत लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव