२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा सौर्य बत्तीले सडक झिलीमिली

२०७३, ११ पुष सोमबार ०८:४०

पुस ११, बागलुङ । सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । 

नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् । 

पहिलो चरणमा १६९ वटा सौर्य बत्ती जडान गर्ने योजना नगरपालिकाले बनाएको छ । बाँकी ६९ वटा सौर्य बत्ती जडानको काम पनि अघि बढेको छ । चारवटा उपभोक्ता समिति बनाएर जडानको काम भइरहेको कार्यालयका सामाजिक विकास शाखा प्रमुख भीमसेन पन्तले बताउनुभयो । बजार क्षेत्रमा पर्ने वडा नं १, २ र ३ मा पुस मसान्तभित्रै बत्ती जडान भइसक्ने उहाँको भनाइ छ । अहिले बत्ती जडानका लागि पोल गाड्ने काम धमाधम भइरहेको जनाइएको छ । 

वडा नं २ मा ७४ वटा सौर्य बत्ती जडान भइसकेको शाखा प्रमुख पन्तले जानकारी दिनुभयो । “वडा नं २ मा बत्ती जडानको काम पूरा भएको छ, उपभोक्ता समितिले भुक्तानी पनि लगिसकेको छ”–शाखा प्रमुख पन्तले भन्नुभयो । प्रमुख बजार क्षेत्र पर्ने वडा नं २ का सबै सडक अहिले चौबीसै घन्टा उज्याला छन् । वडा नं ३ मा ५२ र १ मा ४३ वटा पोल गाडिसकिएको र बाँकी काम पुस मसान्तभित्र सकिने जनाइएको छ । 

कुल रु एक करोड ८० लाखको परियोजनामा स्थानीय विकास मन्त्रालयको ६५ प्रतिशत, बागलुङ नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लगानी छ । समृद्ध र सुरक्षित बागलुङ नगरको लक्ष्यलाई सौर्य सडक बत्तीले टेवा पुग्ने बागलुङ नगरपालिका कार्यालयका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट थप ४०० सडक सौर्य बत्ती माग भएको छ । दोस्रो चरणको कार्यक्रममा उक्त मागअनुसार सौर्य बत्ती जडानको कामलाई विस्तार गरिने उहाँको भनाइ छ । “अहिलेको १६९ र थप माग भई आएको ४०० बत्ती जडान हुँदा नगरको बजार क्षेत्र पूरै ‘कभरेज’ हुन्छ” – अधिकृत सुवेदीले भन्नुभयो । उपभोक्ताबाट आएको मागलाई मन्त्रालयमा पठाइएको र स्वीकृत भएर आउँदा साथ दोस्रो चरणको काम सुरु हुने उहाँको भनाइ छ । 

जनसहभागितामा आधारित सौर्य सडक बत्ती परियोजनाबाट बागलुङ नगर झिलीमिली भएपछि स्थानीयवासी पनि खुसी छन् । सौर्य बत्ती जडानले नगर क्षेत्रका सडकले अँध्यारोबाट मुक्ति पाएका छन् । बटुवादेखि, सवारी आवातजावतसम्मलाई यसले सहजता थपेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा पनि सौर्य बत्तीले चौबीसै घन्टा सडकलाई उज्यालो दिइरहेको छ । सरकारले देशभरका सहरी क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने योजना अघि बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ