प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्र"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पगाहामै पघ्रियो सारा जिन्दगी

१३ पुष २०७३, बुधबार ०३:५२

प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्रीमतीलाई अगाडि लगाएर घुईँघुईँ लाठीमा बेरिएको डोरी घुमाउन लगाएर आफूले भने मेशीनलाई बुझो लगाएजस्तै गरी करिब चालीस हातको दूरी भएपछि रोकिनुहुन्थ्यो वहाँ ।


यो दृश्य मंगलबार महम्मदपुर गाविसको गणेशपुरनिरको हुलाकी सडकमा देखिएको दृश्य हो ।  कामता कुछवधिया जो उमेरले ६० वर्ष नाघिसक्नुभएको छ । जन्मथलो भारत भएपनि वहाँ नेपाल आएको ३० वर्ष भयो । यहाँ आएर पनि पूर्खाहरुले यसैगरी डोरी बाटेर र लोहोरा, सिलौटा बनाएर बेचेर नै जीवन निर्वाह गरे म पनि यही गर्दैछु । 

वहाँ भन्नुहुन्छ, ‘पुर्खाहरुले यही गरे हामीले पनि यहि गर्दैर्छौँ, मेरा ५÷६ जना सन्तानहरु पनि यही पेशा गर्छन्, खेतीबारी केही छैन अहिले यही सिजन छ यही बनाउँदैछौँ यसैमा हाम्रो जीवन आश्रित रहेको छ’, काम्ता भन्नुहुन्छ । खासगरी कात्तिक, मंसिर, पुष, खासगरी महिना धानको सिजन भएकोले पनि यसरी डोरी बनाउने गरेका छौँ । बाँकी सिजनमा भने लोहोरा, सिलौटा, जाँतोहरु बनाएर बेच्ने गरेका छौँ भन्नुहुँदै यसैबाट २ चार हजार भएपनि आम्दानी हुने भएकोले निरन्तरता दिएको बताउनुहुन्छ । 


यसरी बनाएको डोरीलाई स्थानीय भाषामा पगाहा भनिदो रहेछ । यसलाई ९ सरा र चालीस पचास हात सम्म बनाइने रहेछ । एउटा पगाहा तयार गर्नका लगि दिनभरी नै लाग्ने रहेछ । तर मिहिनेत अनुसारको आम्दानी नभएपनि यसैगरी आजसम्मको जिन्दगी वित्यो अव बाँकी जिवन पनि यसैगरी विताउने हो, वहाँ भन्नुहुन्छ । 

यसका लागि मकैबारी तथा रहरबारीका बीचमा गरिने पाट (सनपाट) लाई पानीमा कुहाएर तयार गरिए को रेशालाई प्रयोग गरेर पगाहा तयार गरिन्छ । यसको कच्चा पाट कालबञ्जार तथा रतनापुरबाट क्षेत्रबाट प्रतिकिलो असी रुपैँयामा ल्याएर यसरी पगाहा बाटिने रहेछ । 

यसरी बनाएको डोरीलाई कसैले लडियामा, डनलपमा, ट्रयाक्टरमा, पिङ बनाउन र घरयारी प्रयोजनका लागि विक्री हुने कुरा बताउनुहुन्छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव