पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गा"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माणसँगै सवारी,खिजीकातीमा सरर………….सुमो

१४ पुष २०७३, बिहीबार ०२:२२


पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गाविस खिजीकातिमा सडक पु¥याईएको हो । खिजीचण्डेश्वरी,खिजीकाति प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक अन्तरगत खिजीकातीको कुण्डली सम्म ११ किलोमिटर ट्रयाक खोलीएसँगै राजधानीबाट सिधै खिजीकातीमा सवारी सञ्चालन सुरु भएको छ । ट्रयाक खुलेपछि राजधानीबाट रामेछापको शिरिसे,ढाडे ओखलढुंगाको रगनी खिजीचण्डेश्वरी ५ हुँदै खिजीकाति सुमो चल्न थालेको छ । गाँउमा सडक निर्माणसँगै सवारी पुगेपछि निर्माण समिति र सवारी गाउँमा पु¥याउनेलाई स्थानीयले भव्य स्वागत तथा सम्मान गरेका छन् । 


गाविसमा सडक सञ्जाल पुगेसँगै गाउँमा विकासको ढोका खुलेको स्थानीय युवा टे«जर सुनुवारले बताउनुभयो । ‘हामी एकदमै खुसी छौँ,अब गाँउका मान्छे विरामी हुँदा हेलिकप्टर चार्टर गर्नु पर्दैन र त्यसो गर्न नसक्नेहरु अकालमै मर्नुपनि पर्दैन’सुनुवारले भन्नुभयो‘अब हामी गाँउका मुख्य मुख्य सबै क्षेत्रमा सडक पु¥याउन लागि पर्नेछौँ ।’ यसअघि आपत विपत् आईपर्दा र उपचारका लागि तत्काल अस्पताल जानुपर्दा हेलीकप्टर चार्टर गर्नुपर्ने स्थानीयको बाध्यता थियो । 

४० लाखको लागतमा ११ किलोमिटर सडक तत्काल सवारी सञ्चालन गर्न सकिने अवस्थाको निर्माण गरिएको निर्माण समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ‘स्थानीय नागरिकको साथ र सरोकारवलाहरुको सहयोग मिल्यो,त्यसको नेतृत्व मात्रै मैले गरेँको हुँ,प्राय धेरैले नपत्याएको र सम्भावना नदेखेको ठाँउमा पनि सडक निर्माण गरेर सररर सवारी सञ्चालन गर्न पाउँदा म आफैँ पनि खुसी छु र यहाँका सबै नागरिक खुसीछन् ।’अध्यक्ष न्यौपानेले भन्नुभयो ‘हामीलाई ऋण धेरै छ, तर ऋण तिर्न र केहि बजेटको व्यवस्थापन गर्न नेपाल सरकार र अरु निकायले पनि सहयोग गर्ने हो भने हामी यसैवर्ष दुई जिल्ला जोड्ने सडक निर्माण सम्पन्न गर्ने योजनामा छौँ’ करिब ८ वर्ष अगाडि मात्रै पनि दोलाखाको जीरी पुरेर राजधानीका लागि सवारी चड्नु पर्ने र चार दिन लगाएर राजधानीबाट घर आउनुपर्ने खिजीकातीबासीको बाध्यता हटेको छ । अब खिजीकातीबाट करिब ६–८ घण्टाको सहज यात्रामा राजधानी पुग्न सकिने छ । 

उक्त सडक निर्माणका लागि गत आवको आर्थीक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक शिर्षक अन्तरगतको केन्द्रिय बजेट ३ लाख,गत निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख, खिजीकाती गाविसको ३ लाख र विभिन्न व्यक्तिहरुको चन्दा सहयोग ५ लाख र बाँकी रकम काडेको ऋणमा सडक निर्माण गरिएको हो । 


उक्त सडक ओखलढुंगा र रामेछाप २ जिल्ला र रामेछापको ढाडे र ओखलढुंगाको खिजीकाती दुई आर्थिक केन्द्र जोड्ने बहुउदेश्यीय सडक भएकोले सडक निर्माणमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा प्रथामिकातामा राखिएको ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले बताउनुभयो । ‘त्यो खिजीक्षेत्र एकदमै सम्भावना बोकेको ठाँउ हो,त्यहाँको विकासका लागि सबैपक्षको ध्यान जानुपर्छ’सांसद सुनुवारले भन्नुभयो‘विकास निर्माणको काम गर्नु राज्यको दायित्व हो,राज्यले गर्नुपर्छ तर स्थानीको भूमिका महत्वपूर्ण रहन्छ,त्यो भूमिका निर्वाह गर्न त्यहाँका सबै नागरिक तयार देखिए,नेतृत्व लिन कमल न्यौपानेहरु तयार भए,समयमै नाटकिय ढंगबाट तिव्र कामभयो,कातीमा सडकसँगै सवारी पुग्यो म पनि खुसी छु’ जनप्रतिनिधीका हैसियतले त्यसक्षेत्रको विकासका लागि सँधै चिन्तीत रहेको सांसद सुनुवारको भनाई छ । 


खिजीकातीमा समेत सडक सुचारु भएसँगै ओखलढुंगाका पश्चिमी क्षेत्रका दर्जन गाविस राजधानीसँग सिधा सडक सञ्जालमा जोडिएका छन् । 

जिल्लामै पहिलो पटक सबैका घरमा विद्युत सुविधा पुगेको गाविस खिजीकाती,जिल्लाको दोस्रो खुल्ला दिसामुक्त,साक्षर तथा पूर्णखोपयुक्त गाविस हो । विकासका लागि सँधै तयारहुने स्थानीयले सडक निर्माणसँगै गाँउमा अन्य धेरै विकास निर्माणका कार्यक्रमहरु सञ्चालन हुने र गाँउ समृद्ध बन्ने विश्वास लिएका छन् ।

उक्त सडक निर्माणका लागि १ लाख भन्दा बढि सहयोग गर्ने दाताहरुलाई केहि दिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको थियो । १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गर्नुहुने मोहन सुनुवार र जनहि १÷१ लाख सहयोग गर्नुहुने उत्तम सुनुवार र रेवत कुमार सुनुवारलाई एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।  

तस्बिर सौजन्य : खेमराज सुनुवार (खिजीकाती)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन