पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गा"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निर्माणसँगै सवारी,खिजीकातीमा सरर………….सुमो

२०७३, १४ पुष बिहीबार ०२:२२


पूर्णप्रसाद न्यौपाने,पुस १४,ओखलढुंगा । ओखलढुगाको खिजीकाती गाविस सडक सञ्जालसँग जोडिएको छ । उपभोक्ताको अगुवाइमा ऋण काढेरै ओखलढुगाको दुर्गम गाविस खिजीकातिमा सडक पु¥याईएको हो । खिजीचण्डेश्वरी,खिजीकाति प्रिती ओखलढुंगा रामेछाप दुई जिल्ला जोड्ने सडक अन्तरगत खिजीकातीको कुण्डली सम्म ११ किलोमिटर ट्रयाक खोलीएसँगै राजधानीबाट सिधै खिजीकातीमा सवारी सञ्चालन सुरु भएको छ । ट्रयाक खुलेपछि राजधानीबाट रामेछापको शिरिसे,ढाडे ओखलढुंगाको रगनी खिजीचण्डेश्वरी ५ हुँदै खिजीकाति सुमो चल्न थालेको छ । गाँउमा सडक निर्माणसँगै सवारी पुगेपछि निर्माण समिति र सवारी गाउँमा पु¥याउनेलाई स्थानीयले भव्य स्वागत तथा सम्मान गरेका छन् । 


गाविसमा सडक सञ्जाल पुगेसँगै गाउँमा विकासको ढोका खुलेको स्थानीय युवा टे«जर सुनुवारले बताउनुभयो । ‘हामी एकदमै खुसी छौँ,अब गाँउका मान्छे विरामी हुँदा हेलिकप्टर चार्टर गर्नु पर्दैन र त्यसो गर्न नसक्नेहरु अकालमै मर्नुपनि पर्दैन’सुनुवारले भन्नुभयो‘अब हामी गाँउका मुख्य मुख्य सबै क्षेत्रमा सडक पु¥याउन लागि पर्नेछौँ ।’ यसअघि आपत विपत् आईपर्दा र उपचारका लागि तत्काल अस्पताल जानुपर्दा हेलीकप्टर चार्टर गर्नुपर्ने स्थानीयको बाध्यता थियो । 

४० लाखको लागतमा ११ किलोमिटर सडक तत्काल सवारी सञ्चालन गर्न सकिने अवस्थाको निर्माण गरिएको निर्माण समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । ‘स्थानीय नागरिकको साथ र सरोकारवलाहरुको सहयोग मिल्यो,त्यसको नेतृत्व मात्रै मैले गरेँको हुँ,प्राय धेरैले नपत्याएको र सम्भावना नदेखेको ठाँउमा पनि सडक निर्माण गरेर सररर सवारी सञ्चालन गर्न पाउँदा म आफैँ पनि खुसी छु र यहाँका सबै नागरिक खुसीछन् ।’अध्यक्ष न्यौपानेले भन्नुभयो ‘हामीलाई ऋण धेरै छ, तर ऋण तिर्न र केहि बजेटको व्यवस्थापन गर्न नेपाल सरकार र अरु निकायले पनि सहयोग गर्ने हो भने हामी यसैवर्ष दुई जिल्ला जोड्ने सडक निर्माण सम्पन्न गर्ने योजनामा छौँ’ करिब ८ वर्ष अगाडि मात्रै पनि दोलाखाको जीरी पुरेर राजधानीका लागि सवारी चड्नु पर्ने र चार दिन लगाएर राजधानीबाट घर आउनुपर्ने खिजीकातीबासीको बाध्यता हटेको छ । अब खिजीकातीबाट करिब ६–८ घण्टाको सहज यात्रामा राजधानी पुग्न सकिने छ । 

उक्त सडक निर्माणका लागि गत आवको आर्थीक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक शिर्षक अन्तरगतको केन्द्रिय बजेट ३ लाख,गत निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख, खिजीकाती गाविसको ३ लाख र विभिन्न व्यक्तिहरुको चन्दा सहयोग ५ लाख र बाँकी रकम काडेको ऋणमा सडक निर्माण गरिएको हो । 


उक्त सडक ओखलढुंगा र रामेछाप २ जिल्ला र रामेछापको ढाडे र ओखलढुंगाको खिजीकाती दुई आर्थिक केन्द्र जोड्ने बहुउदेश्यीय सडक भएकोले सडक निर्माणमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा प्रथामिकातामा राखिएको ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले बताउनुभयो । ‘त्यो खिजीक्षेत्र एकदमै सम्भावना बोकेको ठाँउ हो,त्यहाँको विकासका लागि सबैपक्षको ध्यान जानुपर्छ’सांसद सुनुवारले भन्नुभयो‘विकास निर्माणको काम गर्नु राज्यको दायित्व हो,राज्यले गर्नुपर्छ तर स्थानीको भूमिका महत्वपूर्ण रहन्छ,त्यो भूमिका निर्वाह गर्न त्यहाँका सबै नागरिक तयार देखिए,नेतृत्व लिन कमल न्यौपानेहरु तयार भए,समयमै नाटकिय ढंगबाट तिव्र कामभयो,कातीमा सडकसँगै सवारी पुग्यो म पनि खुसी छु’ जनप्रतिनिधीका हैसियतले त्यसक्षेत्रको विकासका लागि सँधै चिन्तीत रहेको सांसद सुनुवारको भनाई छ । 


खिजीकातीमा समेत सडक सुचारु भएसँगै ओखलढुंगाका पश्चिमी क्षेत्रका दर्जन गाविस राजधानीसँग सिधा सडक सञ्जालमा जोडिएका छन् । 

जिल्लामै पहिलो पटक सबैका घरमा विद्युत सुविधा पुगेको गाविस खिजीकाती,जिल्लाको दोस्रो खुल्ला दिसामुक्त,साक्षर तथा पूर्णखोपयुक्त गाविस हो । विकासका लागि सँधै तयारहुने स्थानीयले सडक निर्माणसँगै गाँउमा अन्य धेरै विकास निर्माणका कार्यक्रमहरु सञ्चालन हुने र गाँउ समृद्ध बन्ने विश्वास लिएका छन् ।

उक्त सडक निर्माणका लागि १ लाख भन्दा बढि सहयोग गर्ने दाताहरुलाई केहि दिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको थियो । १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गर्नुहुने मोहन सुनुवार र जनहि १÷१ लाख सहयोग गर्नुहुने उत्तम सुनुवार र रेवत कुमार सुनुवारलाई एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।  

तस्बिर सौजन्य : खेमराज सुनुवार (खिजीकाती)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ