२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको भवन योजनामा ढिलासुस्ती

१५ पुष २०७३, शुक्रबार ०३:५५

पुस १५, बाबियाचौर (म्याग्दी) । राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो । 

नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि विसं २०६७ मा भवन निर्माण सुरु गरेको थियो । चौध वटा पक्की भवन बनाउन गोर्खा कन्सट्रक्सन एन्ड स्वच्छन्द जेभीले रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का लिएको थियो । 

समयमै भवन नबन्दा आयोजनाले कार्यालय र कर्मचारी आवासका लागि मासिक लाखाँै रुपैयाँ घरभाडामा खर्चने गरेको छ । ठेकेदारले ढलान गरेर भवन ठडाए पनि प्लास्टर, रङ्गरोगन, विद्युत् र खानेपानी जडान गर्न बाँकी छ । निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिएको राहुघाटको भवन निर्माण योजना सरकारी आयोजनामा हुने चरम ढिलासुस्तीको नमुना बनेको स्थानीयवासी लेखनाथ शर्माले बताउनुभयो । आयोजनाका अनुसार सो भवनको निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत मात्रै सकिएको छ । 

दुईवटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरे पनि उनीहरुबीच वित्तीय समस्या र आन्तरिक द्वन्द्व उत्पन्न भएर भवन निर्माणको काम प्रभावित बनेको हो । आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले भवनको काम छिटो सक्न ठेकेदारलाई ताकेता गरिरहेको बताउनुभयो । अन्तिम पटक आगामी चैत मसान्तसम्म काम सक्न ठेकेदारलाई समयसीमा दिइएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि विनोद राईले भने आयोजना र प्राधिकरणले रनिङ बिलको भुक्तानी गर्न धेरै लामो प्रक्रियामा अल्झाउने गरेकाले त्यसको प्रभाव काममा परेको बताउनुभयो । 

यसअघि काम सुस्त भए पनि अहिले जनशक्ति थप गरेर पर्खाल लगाउने र घेराबार गर्ने कामलाई तीव्रता दिइएको राईले बताउनुभयो । आगामी छ महिनाभित्र भवन बनाएर आयोजनालाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव