पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम स"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती जडान सुरु

१६ पुष २०७३, शनिबार ०३:४८

पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको छ । 

कामपाले आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ती जडान गर्ने लक्ष्य लिएको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा चार सय खम्बा राखिने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । 

दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौंँ प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सयसौर्य बत्ती जडान गरिने बताइएको छ । त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ । 

सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् । 

निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक रु आठ हजार सात सय रोयल्टी कामपालाई बुझाउनुपर्ने छ ।

 सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । कामपाले एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव