१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङलुङ नगरपालिकाको बजेट रु १० करोड

१६ पुष २०७३, शनिबार ०४:००

पुस १६, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । 

नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४/०७५ का लागि रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बजारको फोहरमैला व्यवस्थापन, पोखरीसहितको उद्यान निर्माण, म्याङलुङ बजार चक्रपथ, बजार क्षेत्रमा फ्रि वाइफाइ, बाल उद्यान, ज्येष्ठ नागरिक विश्रामस्थल, सन् २०१७भित्र बालमैत्री नगर घोषणाको तयारी, सत्यडाँडा भ्यु–टावर निर्माणलगायत योजना प्राथमिकतामा राखिएको कार्यकारी प्रमुख नेपालीले जानकारी दिनुभयो । 

कुल बजेटमध्ये रु ६१ लाख ८० हजार चालु खर्च, करिब रु छ करोड ५७ लाख पँुजीगत खर्च, बाह्य स्रोत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु २९ करोड ६१ लाख र सामाजिक सुरक्षातर्फ रु दुई करोड ६० लाख विनियोजन गरिएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ मुनका न्यौपानेले नगरवासीका असीमित इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न नगरको सीमित स्रोत, साधनले नभ्याउने भए पनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन