२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्याङ्कर पार्कीङस्थल लगायत पूर्वाधार निमार्ण

२०७३, १६ पुष शनिबार ११:००

पुस १६, मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यलय (डिपो) हाताभित्र रु एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्कीङ स्थललगायतका अन्य पूर्वाधार निमार्ण गरिएको छ । 

आयल निगम पूर्वक्षेत्रीय कार्यलय विराटनगरका प्रमुख दिनेश यादवको पहल तथा ट्याङ्कर चालकको मागअनुसार सो पार्कीङस्थलको निमाण गरिएको हो । यसको निर्माणबाट बाटोमा ट्याङ्कर जथाभावी पार्कीङ गर्ने, ट्याङ्कंरको समान चोरी हुने तथा विभिन्न दुर्घटनाले उत्पन्न हुने समस्या हटेर जाने बताइएको छ ।

आयल निगमको १२ कठ्ठाजग्गामा निमार्ण गरिएको पार्कीङस्थलमा शौचालय, खानेपानी, गेट तथा पक्की चौताराका साथै त्यहाँ करिब एक सय ट्याङ्कर पार्कीङ गर्ने कार्य अन्तिमचरणमा पुगेको प्रमुख यादवले जानकारी दिनुभयो । 

पूर्वाञ्चल ट्याङ्कर चालक इकाई सङ्घका अध्यक्ष केशव आचार्यले पटक–पटकको लामो मागपछि सो स्थल निमार्ण भएकाले यसबाट ट्याङ्कर चालक र व्यवसायीलाई सुरक्षित गराउन सकिने बताउनुभयो । 

त्यस्तै सो कार्यलयको पेट्रोलियम पदार्थ भण्डारण गर्ने डिपो परिसरमा रु एक करोडको ठेक्का सम्झैताअनुसार ट्याङ्कर राख्ने लगायतका पूर्वाधार निमार्ण भइरहेको छ । 

पूर्वाञ्चको १२ जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति र बिक्री वितरण गरिरहेको सो कार्यालयको डिपोमा भारतको बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेल तथा १० ट्याङ्कर पेट्रोल आयात हुने गरेको कार्यलयले जनाएको छ । 

पूर्वाञ्चलको १२ जिल्लामा दैनिक तीन लाख लिटर पेट्रोल तथा आठ लाख लिटर डिजेल सो कार्यलयबाट विक्री वितरण हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त