२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१५ दिनमा आगलागीबाट तेह्रथुममा १४ करोड ३७ लाख बढीको क्षति

२०७३, १६ पुष शनिबार १२:०९

अमृत बास्तोला/पुस १६, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा आगलागी भएको १५ दिन नपुग्दै फेरी आठराईमा अर्को आगलागी भएको छ । 

संक्रान्तिबजार देखि करिब १० किलोमिटर टाढा ईवा गाविसमा १५ गते बेलुका भएको आगलागीबाट एउटा घर खरानी भएको छ । शुक्रबार बेलुका भएको आगलागीबाट ईवा ९ स्थित गंगाप्रसाद उप्रेतीको घरमा १ वर्ष अघिदेखि  बन्दकी लगाई बस्दै आउनु भएका विष्णुप्रसाद उप्रेतीको घर सहित ग्वाली पूर्णरुपमा जलेर नष्ट भएको छ । 

भन्सा कोठामा रहेको चुलोदेखी सुरु भएको आगलागीबाट सुन, चाँदी, नगद, अन्न, लत्ताकपडा गरि १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । आगो छातेढुङ्गा प्रहरी चौकी र स्थानीको प्रयास पछि नियन्त्रणमा आएको थियो ।

संक्रान्तिबजारमा स्थानिय अग्नि सेढाईको घरबाट पुस १ गते शुक्रबार भिषण आगलागी सुरु भयो ।  प्रहरीले गरेको मुचुल्का अनुसार संक्रान्तिबजारमा भएको आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट संक्रान्तिबजाका २३ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । 

अगो नियन्त्रणका लागि १ घर डोजरले भत्काउदाँ पुर्णरुपमा क्षति भएको छ । अन्य बजार लाग्ने ३ टहरामा पनि क्षति पुगेको छ । आगलागीबाट आप्mनै घरमा बसेका, पसल गरेका र भाडा लिएर पसल गरिरहेका गरी कुल ४३ परिवार प्रत्यक्ष विस्थापित भएका छन् । बाँकी परिवार एक्लै बसेका कर्मचारी, विद्यार्थी, डेरावाल र लजमा बसेका पाहुना समेत गरि १५ परिवार पनि प्रभावित भएका छन् । त्यस्तै घरभाडा लगाई अन्यत्र बसोबास गर्ने १० घरधनीहरुको घर पनि खरनी भएको छ, भने ५ परिवारमा आंशिक क्षति हुदाँ कुल ७३ परिवार प्रभावित भएका छन् । 

पुस १ गते शुक्रबार नै तेह्रथुमको मोरङ ८ मा पनि आगलागी भयो । आगलागीबाट दोर्णबहादुर भट्टराईको घर पूर्णरुपमा जलेर क्षति भएको छ । आँगनमा रहेको परालको कुनियुदेखि भएको आगलगी बाट ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पुस ७ गते बिहीबार आठराईको ह्वाकू ५ मा पनि अर्को आगलाी भयो । आगलागीबाट रुपनारायण शिवाको घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार शिवाको घरमा आगलागी हुदाँ २ लाख ४ हजार बराबरको क्षति भयो ।

तेह्रथुममा १५ दिनको अवधिमा भएको छुट्टाछुटौ आगलागी घटना बाट कुल १४ करोड ३७ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डिएसपी भागेन्द्र पुरुष ढकालले जनाकारी दिनु भयो । 

“क्षति पछिको परिणाम मात्र सम्झने र हुन सक्ने सम्भावित घटना बारे संजग नहुने परम्परा”को बानीका साथै मानिसहरुको आप्mनै लापरवाहीका कारणले यतिका धेरै क्षति भएको डिएसपी ढकालले बताउनु भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति