१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्दोलनले लोकमार्गको काम ठप्प

१७ पुष २०७३, आईतवार ०९:५८

पुस १७, पर्वत । कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिँचाइ नहर पुरिएपछि कृषक आन्दोलित बनेका छन् । 

खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दा आन्दोलनमा उत्रेपछि लोकमार्गको निर्माण कार्य ठप्प बनेको छ । देवीस्थान गाविस–७, ८ र ९ तथा मुडिकुवा गाविसको–५ नं वडामा सिँचाइ गर्न निर्मित फलेवास सिँचाइ आयोजनाको झन्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको छ । भत्किएको नहर पुनःनिर्माणका लागि पटक÷पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि शनिबार बिहानदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।

आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिँचाइ गर्नुपर्ने बेलामा सिँचाइ नहर भत्किएपछि उनीहरु चिन्तित बनेका हुन् । झन्डै २५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न नपाएपछि उनीहरुले निर्माणाधीन लोकमार्गको काम ठप्प पारेका हुन् । नहरबाट पीडित दुईसय भन्दा बढी घरधुरीले लोकमार्गमा नाराबाजी गर्दै काममा अवरोध गरेको स्थानीय भोलानाथ भुसालले जानकारी दिनुभयो । 

उहाँका अुनसार सडक मर्मतका लागि सम्बन्धित ठेकेदार र जिल्ला सिँचाइ कार्यालयमा खबर गरे पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नपरेको हो । हिउँदे बालीनालीको सिँचाइ गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषक चिन्तित बनेका छन् । उनीहरुले तत्काल नहर मर्मतका लागि मागसमेत गरिसकेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनीहरुले बताएका छन् । 

विकासका नाममा सडक निर्माण हुन आवश्यक छ तर कृषकलाई हानि पु¥याउने गरी नहर नै भत्काएर सडक निर्माण गरिएकाले आफूहरु आन्दोलित बन्नुपरेको भुसालले जानकारी दिनुभयो । बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वतखण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल