२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको अपि नगरपालिका नै खुल्ला दिशा मुक्त हुन बाँकी

२०७३, १७ पुष आईतवार १५:४३

पंकज धामी | पुस १७, दार्चुला | आर्थिक बर्ष २०७४/७५ मा कार्यान्वयन गर्नका लागि भईरहेको सहभागिता मुलक योजना तर्जुमा अन्तरगत दार्चुलाको अपि नगरपालिका भित्रका सबै वडाहरुमा विभिन्न मन्दिर निर्माण गर्नका लागि बजेट माग गरिएको छ ।

अपि नगरपालिकाको आइतबार भएको एकीकृत योजना तर्जुमा गोष्ठीमा अपि नगरपालिकामा जम्मा ५७ वटा मन्दिर निर्माण तथा मर्मतका योजनाहरु बस्तीस्तरबाट माग भएको अपि नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाका १२ वटाहरुमध्येमा सबभन्दा बढी वडा नम्बर १० मा ९ वटा मन्दिर निर्माणका लागि योजना माग गरिएका छन् भने सबभन्दा कम वडा नम्बर ५, ११ र १७ मा एक एकवटा मन्दिर निर्माणका योजना माग गरिएका छन् ।

यसरी स्थानीय निकायहरुबाट विनियोजन गरिने महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षितबर्गको बजेटबाट पनि उक्त मन्दिर निर्माणको माग गरिएको छ । तर अपि नगरपालिकाकै कारण सन् २०१६ मा दार्चुला जिल्लालाई नै खुल्ला दिशामुक्त गर्ने अभियान प्रभावित पारेको छ । अझै नगरपालिकाका १०,११,१२,१३,१५,१६ र १७ नम्बर वडाहरु खुल्ला दिशामुक्त घोषणा हुन बाँकी छन् । ती वडाहरुलाई पनि फागुन मसान्तसम्म खुल्ला दिशामुक्त घोषणा गर्ने र २०७३ भित्र दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समितिको लक्ष्य रहेको छ ।

नगरपालिका भित्र पनि सदरमुकाम खलंगा बजारका एकसय भन्दा बढी घरहरुको सौचालयमा सेफ्टी ट्याङ्की नभएको र सौचालयको पाईप महाकाली नदिमा फालेका छन् । यो विषयमा सरोकारवालाहरुले कडा आपत्ती जनाउँदै सरसफाईमा सबैलाई समेट्न आह्वान गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति