रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने "/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट आएको बिजुली हेटौंडा–मातातीर्थ प्रसारणलाइनमार्फत् सोझै काठमाडौंमा

२०७३, १८ पुष सोमबार १०:४७

रमेश लम्साल/पुस १८, काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने भएको छ ।

हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइन मंगलबार चार्ज गरिने जानकारी दिए ।

वि.सं. २०६८ बाट सुरु भएको सो प्रसारणलाइनमुनि पर्ने जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए ।

वि.सं. २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँ–बायाँ ९–९ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दै आएको थियो ।

काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारणलाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।

‘मंगलबार हामी प्रसारणलाइन चार्ज गर्दैछौं, अब भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन सहज हुने विश्वास लिएका छौं’–आयोजना प्रमुख सिलवालले भने । प्रसारणलाइन निर्माणका लागिमात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिलवालको भनाइ छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । तर, मातातीर्थ–स्यूचाटार प्रसारणलाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

प्रसारणलाइनको दायाँ–बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौतीमुक्त अभियानमा सो प्रसारणलाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

उता, भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारणलाइन खिम्ती–ढल्केबर प्रसारणलाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवकाअनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौंमा विद्युत् ल्याउने यो अर्को प्रसारणलाइन हो । विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारणलाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो ।

भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारणलाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारणलाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै, ढल्केबरमा निर्माणकोक्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौंमा सहजरुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ