१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राराको बिकासका लागी रारा पर्यटन बिकास गुरुयोजना निर्माण हुने

१९ पुष २०७३, मंगलवार ११:११

नन्द बहादुर रोकाया, पुस १९, मुगु  । बिकासमा ओझल परेको नेपालको सबैभन्दा ठुलो ताल मुगको रारातालाको बिकासका लागीु बृहत रारा पर्यटन बिकास गुरु योजना निर्माण हुने भएको छ । स्थानिय बिकास अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा भएको छलफलले राराको बिकासको लागी बिभिन्न निर्णयहरु समेत गरेको छ ।

रारा पर्यटन बिकास समितीको पहलमा भएको छलफलमा मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा सहित मुगु स्थित राजनितिक दलका प्रतिनिधीहरुले राराको बिकास तथा प्रवद्र्धनका लागी सबै एकजुट हुनुको बिकल्प नरहेको समेत बताएका छन् । आज भएको छलफलमा रारा ताल नजिकको एकमात्र मुर्मागाउँलाई मुगु जिल्लाकै नमुना पर्यटकिय गाउँका रुपमा निर्माण गर्नका लागी सबै सरोकारवालाहरुले जोड दिएका थिए ।

रारा पर्यटन बिकास समितीले मुर्मा गाउँबासीको दैनिकी परिवर्तनका लागी काम गरिरहेको हुदाँ मुर्मा सहित रारा वरपरका गाउँहरुमा होमस्टे सञ्चालन, स्थानिय उत्पादनको बजारिकरण तथा पर्यटन पुर्वाधार बिकासका लागी जिल्ला स्तर सहित सबै क्षेत्रबाट सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैबिच, रारा तालको प्रचार प्रसार तथा रारा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी अन्तराष्ट्रिय स्तरको “रारा बृतचित्र” निर्माण गर्ने निर्णय समेत भएको छ । राराको बिकासका लागी आफुहरुले लामो समययता बिभिन्न क्रियाकलाप सञ्चालन गरिरहेकाले सबैको साथ रहेमा राराको पर्यटन प्रर्वद्धन तथा पुर्वाधार बिकास लागी आफुहरुको सक्रिता अझै बढाउन सकिने रारा पर्यटन बिकास समितीका अध्यक्ष देविकृष्ण रोकायाले बताउनुभयो । रारा पर्यटन बिकास समितीकै अगुवाईमा बिगत केही महिना यता प्रत्येक महिनाको दोस्रो शनिबार रारा बचाउँ अभियान अन्र्तगतराराको सरसफाई अभियान समेत सञ्चालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह