पुस १९, काठमाडौँ | बुढीगण्डकी जलविद्यूत आयोजनाले अधिग्रहण गर्ने स्थानमा नाफा कमाउने उद्देश्यले घरजग्गा किनेकाहरुको ढाड सेक्नेगरि नयाँ मुआब्जा निर्धारण भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, काठमाडौँ | बुढीगण्डकी जलविद्यूत आयोजनाले अधिग्रहण गर्ने स्थानमा नाफा कमाउने उद्देश्यले घरजग्गा किनेकाहरुको ढाड सेक्नेगरि नयाँ मुआब्जा निर्धारण भएको छ ।&n"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी मुआब्जा: पछी जग्गा किन्ने माफियाहरुको ढाड सेकियो

२०७३, १९ पुष मंगलवार १४:५५

पुस १९, काठमाडौँ | बुढीगण्डकी जलविद्यूत आयोजनाले अधिग्रहण गर्ने स्थानमा नाफा कमाउने उद्देश्यले घरजग्गा किनेकाहरुको ढाड सेक्नेगरि नयाँ मुआब्जा निर्धारण भएको छ । 

मुआब्जा निर्धारण समितिले मंगलबार गरेको निर्णय अनुसार बुढीगण्डकी जलविद्युत विकास समिति गठन भएपछी किनिएको जग्गालाई तोकिएभन्दा ३० प्रतिशत कम मुआब्जा पाउने गरि मूल्य निर्धारण गरेको हो । 

आयोजनले अधिकरण गर्ने जग्गा भएको ठाउँबाट पूर्ण बिस्थापित हुनेहरुलाई भन्दा अयोजना बन्ने क्रम सुरु भएपछि नाफा कमाउने उद्देश्यले खरिद बिक्री गरेकालाई ३० प्रतिशत कम मुआब्जा दिईने निर्णय भएको मुआब्जा निर्धारण समितिले जनाएको छ । 

आयोजना बन्ने काम सुरु भएपछि गोरखा र धादीङ जिल्लाको २७ गाविस भित्र अधिग्रहण हुने जग्गा पहिले नै रोक्का रहेको गरेको थियो । पछिल्लो चार वर्ष यता डुबानमा पर्ने गाविसबाट सोही गाविस भित्र किनबेच भएको भन्दा फरक ठाउँकाले खरिद गरेको जग्गाको मुल्य निर्धारित मूल्यमा ३० प्रतिशत घटाएर मुआब्जा दिईने सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । सोही गाविस भित्र किनबेच भएको, परिवारकहाँ नामसारी भएकाहरुले भने नघटाई मुआब्जा पाउने भएका छन् । 

आयोजना क्षेत्र भित्र पाँच रोपनीसम्म जग्गा भएकाहरुको हकमा निर्धा्रित मूल्यबाट १५ प्रतिशत र १० रोपनी सम्म भएकाहरुलाई १० प्रतिशतले बढाएर मुआब्जा दिने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति