पर्वत । जिल्लाको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकमा ११ सदस्यीय  नेपाल राष्ट्रिय उधोग ब्यपार सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकमा ११ सदस्यीय  नेपाल राष्ट्रिय उधोग ब्यपार सं"/>
२०८२, १७ चैत्र मंगलवार
अर्थ/विकास

हुवासमा नेपाल राष्ट्रिय उद्योग व्यपार पैँयू इलाका समिति गठन

२०७३, २० पुष बुधबार ०४:३०

पर्वत । जिल्लाको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकमा ११ सदस्यीय  नेपाल राष्ट्रिय उधोग ब्यपार संगठन पर्वतको पैँयूं ईलाका समिती गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा सिता बस्याल, सचिवमा देवबहादुर विक, कोषाध्यक्षामा तेजबहादुर विक रहेका छन् । नेपाल राष्ट्रिय उधोग ब्यपार संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्यमी, व्यापार व्यवसायीको हकहितका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रहेको भन्दै यसमा सवैलाई आवद्ध हुन आग्रह गरे । उनले जिल्लाको दक्षिण क्षेत्रमा रहेका उद्योग व्यवसाहिको हक र अधिकारको लागि कसैले पनि चासो नदिएको भन्दै अब नेपाल राष्ट्रिय व्यापार संगठमार्फत संगाठनिक भएर अधिकार खोज्नुपर्ने बताए ।

मर्दिखोला बजार ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जिल्लाको दोस्रो व्यापारी क्षेत्र भएर पनि दुर्गमका रुपमा रहनु परेको र कसैले उद्योगीको  आवाज नसुनेको बताए । उनले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले उद्योगी व्यसायीलाई सांगठनिक बनाएर अधिकारको लागि एकजुट बनाएको भन्दै खुसि व्यक्त गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन पर्वतका अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य काशिनाथ काफ्ले, ओ पी शेन लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन सचिव खड्ग प्रसाद खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति